जनप्रतिनिधिबाट राजीनामा दिएर शिक्षिका

जनप्रतिनिधिबाट राजीनामा दिएर शिक्षिका


जाजरकोटमा एक जनप्रतिनिधि राजीनामा दिएर शिक्षिका बनेकी छिन् । गत वर्ष सम्पन्न स्थानीय तहको चुनावमा वडा सदस्यमा निर्वाचित भएकी जुनिचाँदे गाउँपालिका–६ की गरिमा शाही राजीनामा दिएर शिक्षिका बनेकी हुन् । शाही तत्कालीन माओवादी केन्द्रबाट वडा सदस्य भई जिल्ला समन्वय समितिको सदस्यसमेत निर्वाचित भएका थिए ।

उनि छेडागाड नगरपालिका–७ को भानुभक्त आधारभूत विद्यालयको शिक्षिका बनेकी हुन् । बिहीबार जिल्ला समन्वय समितिबाट राजीनामा दिइ जिल्ला शिक्षा समन्वय इकाइले लिएको परीक्षामा समेल भएकी थिइन् ।

कक्षा ६ देखि ८ सम्मको गणित विषयको शिक्षण सिकाइ अनुदान दरबन्दीमा उनि शिक्षिका भएको जिल्ला शिक्षा समन्वय इकाइ जाजरकोटका प्रमुख सुधिनराज बुढाथोकीले जानकारी दिए । बुढाथोकीका अनुसार शाहीले पदबाट राजीनामा दिएकाले शिक्षण पेशामा लाग्न पाउने अधिकार भएकाले परीक्षामा उत्तीर्ण भई सिफारिश गरिएको हो ।