यति एयरलाइन्सको विमान चिप्लियो

यति एयरलाइन्सको विमान चिप्लियो


त्रिभुवन अन्तर्रािष्ट्रय विमानस्थलमा यति एयरलाइन्सको विमान दुर्घटना भएको छ ।

नेपालगञ्जबाट २१ जना यात्रु बोकेर काठमाडौं आएको यती एयरलाइन्सको ‘जेट स्ट्रीम, 9NAHW’विमान शनिबार साँझ अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएको त्रिभुवन अन्तर्रािष्ट्रय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।

उनका अनुसार शनिबार साँझ ८:३० बजे भएको सो दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन । त्यस्तै यति एयरलाइन्सका व्यवस्थापक भीमराज राईका अनुसार जहाजमा सवार २१ जना यात्रु सकुलशल छन् ।

जहाज दुर्घटना भएपछि केही समय विमानस्थल बन्द गरिएको थियो । चिप्लिएको जहाजलाई प्राधिकरण एवं एयरलाइन्सका कर्मचारीले सुरक्षित स्थानमा ल्याउन प्रयास गरिरहेको विमानस्थलले जनाएको छ ।