प्रथम बौद्ध सम्मेलन सम्पन्न

प्रथम बौद्ध सम्मेलन सम्पन्न


पूर्वी नवलपरासीको विनय त्रिवेणी गाउँपालिका–७ रानीनगरमा एक दिवसीय प्रथम बौद्ध सम्मेलन शनिबार सम्पन्न भएको छ ।

एसियाकै ज्योति मानिएका भगवान् गौतम बुद्धले प्रतिपादन गरेको शिक्षा हालको समयमा पनि सान्दर्भिक रहेकोमा सोही सम्बन्धमा सम्मेलन आयोजना गरिएको थियो ।

बौद्ध सम्मेलनमा बुद्धसँग सम्बन्धित रुपन्देही, कपिलवस्तु, पूर्व–पश्चिम नवलपरासीका प्रखर वक्ताहरूको विशेष सहभागिता रहेको आयोजक ज्योति बुद्ध विहार गुम्बा समिति त्रिवेणीले जनाएको छ ।

प्रतिपक्षको भावनासमेत समावेश गर्नुपर्ने

यसैगरी गण्डकी प्रदेशका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले सत्तापक्षले प्रतिपक्षको भावनासमेत समावेश गरी प्रभावकारी काम गर्नुपर्ने बताएका छन् ।

नेपाल कृषि श्रमिक संघ पूर्वी नवलपरासीको आयोजनामा कावासोतीमा शनिबार भएको नेपाली कांग्रेसको संगठन विस्तारको लागि नीतिगत तथा संगठन गोष्ठीमा उनले सो विचार व्यक्त गरेका हुन् ।