मोरङमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

मोरङमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु


मोरङको पथरीशनिश्चरे नगरपालिका–२ स्थित पूर्व–पश्चिम राजमार्गमा गएराति मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को.३प ७९०९ नम्बरको मोटरसाइकलको ठक्करबाट तेह्रथुमको लालीगुँरास नगरपालिका–२ घर भएका ५५ वर्षीय उद्धव मोतेको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका मोतेलाई उपचारका लागि स्थानीय पथरी अस्पतालमा पुऱ्याउनेबित्तिकै मृत्यु भएको हो ।

ठक्कर दिने मोटरसाइकल र त्यसका चालकलाई इलाका प्रहरी कार्यालय पथरीशनिश्चरेले नियन्त्रणमा लिएको छ ।