परस्त्रीससँग वडाध्यक्ष होटेलको कोठामा भेटिएपछि….

परस्त्रीससँग वडाध्यक्ष होटेलको कोठामा भेटिएपछि….


बाग्लुङका एक प्रतिनिधि अर्काकी श्रीमतीसहित होटेलको कोठाबाट पक्राउ परेका छन् । बाग्लुङको बडिगाड गाउँपालिकाका ७ का वडाध्यक्ष कृष्ण गुरुङ आइतबार दिउँसो बुर्तिबाङमा रहेको रिभरहेड होटेलको कोठाबाट महिलासहित पक्राउ परेका हुन् ।

उनलाई पक्राउ आइतबार दिउँसो महिलाका श्रीमान्कै उजुरीका आधारमा होटेलबाट पक्राउ गरिएको बाग्लुङ प्रहरीले पुष्टि गरेको छ ।

बाग्लुङका एसपी दीपक रेग्मीका अनुसार आफ्नी श्रीमती वडाध्यक्ष गुरुङसँग होटेलमा बसेको श्रीमान्ले देखेपछि प्रहरीलाई खबर गरेको र इलाका प्रहरी कार्यालय बुर्तिबाङको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

एसपी रेग्मीका अनुसार थप अनुसन्धानपछि उनीहरूलाई सार्वजनिक गरिने छ ।