बैंकभित्रै यसरी लुटिए सेवाग्राही

बैंकभित्रै यसरी लुटिए सेवाग्राही


बुटवलको एक बैँकमा कार्यालय शुरु भएको केही समयमै एक जना सेवाग्राही लुटिएका छन् । बुटवलको व्यस्त बजार बुटवल उपमहानगरपालिका–६ स्थित बिपी चोकमा रहेको एभरेष्ट बैँकबाट रकम जम्मा गर्न गएका सेवाग्राही रोहित गौतमको रु दुई लाख २३ हजार बिहान करीब १०ः१५ बजे लुटिएको हो ।

बैँकमा पैसा जम्मा गर्न गएका गौतमले पैसाको झोला छेउको कुर्सीमा राखेर भौचर बनाउँदै गर्दा सेवाग्राही बनेर आएका लुटेराले भौचर भर्न सिकाइदिन अनुरोध गरेर भुलाएको र सोही समयमा लुटेरा समूहका अन्य दुई जनाले रकम लिएर तीनै जना फरार भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले जनाएका छन् ।

नेपागञ्ज रोडमा रहेको दुर्गा प्लाष्टिक हाउसका सञ्चालक दिनेश ज्ञवालीको पसलमा कार्यरत गौतम पसलको पैसा जम्मा गर्न उक्त बैँकमा गएको समयमा रकम लुटिएको हो ।