प्रदेश ७ मा आज गौरा पर्व

प्रदेश ७ मा आज गौरा पर्व


आज ७ नम्बर प्रदेशमा हर्षोल्लासका साथ गौरा पर्व मनाइँदै छ । पर्वको मुख्य दिन, आज अठवली अर्थात् अष्टमी हो । यस दिन गौराको पूजा गरी धुमधामका साथ पर्व मनाउने चलन छ ।

यहाँको मौलिक संस्कृति झल्किने गरी मनाइने गौरा पर्व डडेल्धुृरा बाहेक दार्चुला, बैतडी, डोटी बझाङ, अछाम, कैलाली, कञ्चनपुर तथा भारत उत्तराखण्डको कुमाउ, गढवालमा समेत आ–आफ्नै धार्मिक तथा सांस्कृतिक मान्यता अनुसार मनाउने चलन छ ।
काठमाडौं उपत्यकामा बसोबास गर्ने सुदूरपश्चिमेलीले पनि गौरा पर्व मनाउँदैछन् ।