सांसदले गराए सरकारको ध्यानाकर्षण

सांसदले गराए सरकारको ध्यानाकर्षण


प्रतिनिधिसभाको शून्य समयमा सांसदहरूले समसामयिक विषयमा सरकार र सदनको ध्यानाकर्षण गराएका छन् ।

उनीहरूले लुम्बिनीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण द्रुत गतिमा अगाडि बढाउन, सबै गाउँपालिका तथा नगरपालिकामा बैंकिङ सेवा पुऱ्याउन माग गरे । यसैगरी सांसदहरूले थारू जातिमा मात्र देखिने सिकलसेल रोगको उपचार निःशुल्क गर्न, स्वास्थ्य बिमा भएका जिल्लामा औषधि अभाव देखिएको र आन्दोलनमा रहेका चिकित्सकका माग सम्बोधन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ध्यानाकर्षण गराए ।

यसरी ध्यानाकर्षण गराउने सांसदहरूमा अतहरकमाल मुसलमान, आशाकुमारी विक, उमा रेग्मी, कुमारी मेचे, कृष्णकुमारी श्रेष्ठ, खगराज अधिकारी, गौरीशंकर चौधरी र केदार सिग्देल रहेका थिए ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महरासित विशेष समय माग गरी नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले कञ्चनपुरमा बलत्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्याराको खोजी गरी कडाभन्दा कडा कारबाही गर्न माग गरे । उनले सो घटना मानव सभ्यताको कलंक भएकाले त्यसमा संलग्न जोसुकै भए पनि कारबाही गर्न माग गरे ।