सबै नागरिकलाई निःशुल्क खानेपानी व्यवस्था हुन्छ : मन्त्री मगर

सबै नागरिकलाई निःशुल्क खानेपानी व्यवस्था हुन्छ : मन्त्री मगर


खानेपानी मन्त्री बीना मगरले सबै नागरिकलाई निःशुल्क खानेपानीको व्यवस्था गरिने बताएकी छिन् । पश्चिम सुर्खेतको बराहताल गाउँपालिका–५ मा रहेको बड्डीचौर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिद्वारा सञ्चालित खानेपानी गुणस्तर सुधार आयोजनाको उद्घाटन कार्यक्रममा मन्त्री मगरले नागरिकलाई निःशुल्क खानेपानीको व्यवस्था गरिने बताएकी हुन् ।

स्वच्छ र सफा पानी पिउन पाउने नागरिकको अधिकारलाई सुनिश्चित गर्दै प्रदेश र स्थानीय सरकारसँग हातेमालो गरी यस क्षेत्रका खानेपानी समस्या समाधान गरिने मन्त्री मगरले बताइन् । उनले सबै नागरिकलाई स्वच्छ खानेपानी पु¥याउन सरकारले प्राथमिकता दिएर बजेट छुट्याएको बताइन् । मन्त्री मगरले सरकारले निःशुल्क खानेपानीमा सबै नागरिकको पहँुच पु¥याउने योजना बनाएको जानकारी दिइन् ।

पश्चिम सुर्खेतको बराहताल गाउँपालिकामा रहेको बड्डिचौर खानेपानी आयोजना ११ वर्षपछि सञ्चालनमा आएको छ । सरकारको ८० प्रतिशत लगानीमा २०६४ सालबाट निर्माण कार्य शुरु भएको खानेपानी आयोजना ११ वर्षपछि सञ्चालनमा आएको हो ।

उक्त आयोजनाबाट बराहताल गाउँपालिकाका–५ र ८ का करीब दुई हजार घरधुरी लाभान्वित भएका छन् । तीन करोड ३४ लाख ८९ हजार लागतमा खानेपानी आयोजना निर्माण भएको खानेपानीका अध्यक्ष अर्जुनकुमार वुचामगरले जानकारी दिए ।