फन टाइम

फन टाइम


funtimeछुटाउने नमिल्ने ‘६ एकान ६’
के तपाईं विरक्तिरहनुभएको छ ? माइन्डफ्रेसका लागि मनोरञ्जन खुराकको खोजीमा हुनुहुन्छ ? अब तपाईंका यी आवश्यकताहरू पूरा गर्न र तपाईंको दिमाग ठण्डा या पे्रmस बनाउन यतिबेला एउटा चलचित्रले बजार गर्माएको छ । चलचित्र हो– ६ एकान ६ । यो चलचित्र विशुद्ध रूपमा दर्शकहरूका लागि नै बनेको प्रतीत हुन्छ । यहाँ कति निर्देशकले चलचित्रकर्मीको मात्र वाह र स्यावासी खानका लागि फिल्मको निर्देशन गर्छन् । निर्माताहरूको लगानीमा आफ्नो क्षमता देखाउन प्रयोग गर्छन्, तर चलचित्र ६ एकान ६ मा निर्देशक दिनेश डीसीले अरू निर्देशकलाई पनि आफ्ना लागि होइन, दर्शकहरूका लागि फिल्म बनाउनुस् अनि चलचित्रलाई दर्शकहरूले मन पराउनेछन् भनेर गतिलो उदाहरण पनि प्रस्तुत गरेका छन् ।
आहा कति राम्रो खिचेको ? दृश्य वा लोकेसन पनि कति राम्रो ? भनेर दुई–चारजना चलचित्रकर्मीको वाहवाही बटुल्नका लागि होइन दर्शकहरूले ‘वाह/ भन्ने चलचित्र बनाउनुप-यो भन्ने मान्यताका साथ बजारमा आएको चलचित्र ६ एकान ६ ले आफ्नो यो मान्यतालाई भत्कन दिएको छैन । चलचित्रमा ठूला कुरा होइन साना कुराले पनि दर्शकलाई मनोरञ्जन प्रदान गर्न सक्छ भन्ने बलियो उदाहरण चलचित्रले प्रस्तुत गरेको छ । चलनचल्तीका संवाद अनि सामान्य विषयले पनि दर्शकलाई बाँध्न सक्छ भन्ने कुरालाई पनि चलचित्र ६ एकान ६ ले प्रस्तुत गरेको छ । अर्को कुरा, जसको टाउको पोस्टरमा राख्दा चलचित्र चल्दैन, जसको नामले अब बजारमा कुनै प्रभाव पार्दैन तैपनि यहाँ आफूलाई सफल, उचाइ र महँगो नायकको रूपमा चिनाउन यहाँ केही कलाकारहरू अझै लागिपरेका छन् । स्वघोषित महँगो र सफल नायकलाई चलचित्र ६ एकान ६ ले अनुहारले होइन अभिनय र दर्शकहरूलाई मनोरञ्जन दिन सक्ने मात्र हिरो सावित हुन्छ भन्ने कुरा स्पष्ट पारिदिएका छन् । दीपकराज गिरी, शिवहरि पौडेल, जितु नेपाल, केदार घिमिरे, सीताराम कट्टेल अनि सन्दीप क्षेत्री र नायिका नीता ढुङ्गानाले साँच्चि नै गजवकै काम गरेका छन् । चलचित्र हेरेपछि हलबाहिर निस्कँदा दर्शकहरूको मुहारमा मुस्कान छाउनु नै यो चलचित्रको सबल पक्ष र सफलता हो । चर्चित हास्य कलाकारहरूलाई एउटै फ्रेमभित्र अटाएर सबैको चरित्रमा न्याय दिनसक्नु पनि निर्देशक डीसीको अर्को ‘वाह/ गर्नलायकको कडी हो ।
फलानो हिरोको पोस्टरमा तस्बिर राख्दा वा उसलाई राख्दा फिल्म चल्छ भन्ने गलत मानसिकतालाई अब नेपाली चलचित्रकर्मीले त्याग्न सक्नुपर्छ । आफ्नो क्षमता, दक्षता र विश्वासभन्दा हिरो वा हिरोइनको आडमा फिल्म बनाउने अनि फिल्म चलाउन खोज्ने आफूलाई सर्जक भन्नेहरूले एकपटक चलचित्र ६ एकान ६ को पुस्तक पढ्नैपर्छ । टेलिभिजनका पर्दाहरूमा सीमित दायरामा अभिनय गरेर घरघरमा पुगेका कलाकारहरूलाई निर्देशक डीसीले बृहत् क्यानभासमा पनि सफल बनाइदिएका छन् । टेलिभिजनका कलाकारहरू ठूलो पर्दाका हलमा चल्दैनन् भन्ने ठूलो पर्दाका निर्देशकहरूले चलाउने गरेका प्रचार यतिबेला गलत सावित भएका छन् । अनुहार र उपस्थितिले होइन कि चरित्र र क्षमताले चलचित्र चल्ने हो र दर्शकहरू हलतिर तानिने हुन् भन्ने कुराको सबैलाई चेतना भया ।
चलचित्रको पर्दामा ठूला कुरा गर्ने, चलचित्रको नाम पनि दर्शकहरूले बुझ्नै नसक्ने गरी राख्ने र गुदीमा होइन बोक्रामाथि विश्वास गरेर पैसा धेरै खर्च गर्दैमा चलचित्र राम्रो हुन्छ भन्ने सोच अब परिवर्तन गर्नुपर्छ । मध्यम लगानीमा पनि राम्रो क्रियसन गरेर हेर्न लायकको चलचित्र बनाउन सकिन्छ भन्ने मीठो खुराक पस्कन निर्देशक दिनेश डीसी र चलचित्र ६ एकान ६ परिवार सफल भएको छ ।
चलचित्रमा लामो लाग्ने र अल्छी आउने त्यस्ता दृश्य र पाटाहरू कुनै पनि छैनन् । सुरु भएदेखि नै दर्शकलाई एकैनासले हराउँदै चलचित्रको कथा अगाडि बढ्छ । चलचित्र कतिबेला सकियो दर्शकहरूले पत्तै पाउँदैनन् । पूर्ण रूपमा दुई घन्टा मनोरञ्जन लिन, दिमागलाई ठण्डा पार्न अनि साथीभाइहरूसँग फलानो फिल्म हेरेर आएको गजब छ भनेर कुरा गर्न चाहनुहुन्छ भने एकपटक चलचित्र ६ एकान ६ हेर्नैपर्दछ । नत्र एउटा राम्रो र मनमोहक नेपाली सिनेमा छुट्यो भनेर पछुताउनुपर्ला है ।

केकीको सबै फ्लप किन ?
समयभन्दा चाँडो अनि त्याग र निरन्तरताभन्दा चाँडो चर्चा र वाहवाही कमाइयो भने त्यो धेरै टिक्न सक्दैन रहेछ । यस्तै भएको छ अभिनेत्री केकी अधिकारीको सिनेमा क्यारियरमा पनि ।
सिनेमा क्षेत्रमा आएको उनी पाँच वर्ष पनि भएको छैन । चलचित्र क्षेत्रमा स्थापित हुन अन्य अभिनेत्रीहरूले गर्नुपरेको त्याग, मिहिनेत र सङ्घर्षबारे उनलाई के थाहा ? यस्ता कुराको अध्ययनको कमी नै यतिबेला उनको फिल्म क्यारिएर ओरालो लाग्नुको कारण बनेको छ । सिनेमाको बजार गिर्दो छ तर केकीले भने यतिभन्दा खेल्दिनँ भने अड्डी लिन थालेपछि उनको यस्तो व्यवहारबाट यतिबेला चलचित्रकर्मीहरू पनि रिसाएका छन् । केही निर्देशकले त नायिकाको रूपमा केकी नै चाहिने सिफारिस पनि गर्ने गरेको कुरा बजारमा नचलेको होइन । आफूलाई महँगी र सफल नायिका भनेर स्वघोषणा गर्ने केकीको अभिनय रहेका चलचित्रहरू भएपछि अर्को असफल भएपछि अब क्रमश: उनको भाउ र उचाइ गिर्न लागेको छ । प्रश्न गर्न थालिएको छ कि निर्माता डुबाउने अनि बजारमा नचल्ने हिरोइन कसरी सफल हिरोइन ? विगतका उदाहरण हेर्ने हो भने पनि केकीले अभिनय गरेका कुनै पनि चलचित्रका निर्माता उकासिएको उदाहरण अहिलेसम्म छैन । केकीले अभिनय गरेका चलचित्रका निर्माताहरूले नाफा त परै जाओस् लगानीसमेत उठाएका छैनन् । त्यसैले त भनिएको होला– निर्माता डुबाउने, चलचित्र नचल्ने कलाकारले अभिनय गरेको कलाकार कसरी राम्रो ? विश्व सिनेमाको मान्यताअनुरूप पनि व्यवसायका लागि फिल्म बनाउँदा व्यवसाय गर्ने सिनेमा नै सफल हो र त्यस सिनेमामा काम गर्ने कलाकार नै सफल हुन् । आफ्नाले र सहकर्मीले धाप पार्दैमा अनि वाहवाही भन्दैमा दङ्ग परेर त्यो सफलता होइन । आमदर्शकबाट स्विकारिनु नै सफलता हो । पहिलो चलचित्र स्वरदेखि अहिलेको बितेका पलसम्म आइपुग्दा केकीका सबै चलचित्र असफल छन् ।