कुलेखानी-फाखेल र सिस्नेरी-दक्षिणकाली सडक तीन दिन बन्द

कुलेखानी-फाखेल र सिस्नेरी-दक्षिणकाली सडक तीन दिन बन्द


कुलेखानी-फाखेल र सिस्नेरी-दक्षिणकाली सडक तीन दिन बन्द हुने भएको छ ।

इन्द्रसरोवर गाउँपालिका-२ सिमखोलामा ह्युम पाइप राख्नुपरेकाले आज (२ कात्तिक) देखि तीन दिनसम्म दुवै सडक बन्द हुने प्रहरी नायब उपरीक्षक श्याम अर्यालले जानकारी दिए ।

दुवै सडकको वैकल्पिक मार्ग हेटौँडा-भैँसे-पालुङ-काठमाडौं र कान्तिलोकपथ-हेटौँडा-ठिङ्गन-काठमाडौं प्रयोग गर्न अनुरोध गरिएको छ ।