हिमाल आरोहण खुला गर्न माग

हिमाल आरोहण खुला गर्न माग


म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जास्थित हिमाल आरोहण खुला गर्न यहाँका बासिन्दाले माग गरेका छन् ।

वडाको हालै बसेको बैठकले गुर्जा, चुरेन, गुर्जा पश्चिम, म्याग्दीमाथा, पुथा हिमाल आरोहण खुला गर्न सरकारसँग माग गरेको हो ।

वडाध्यक्ष झकबहादुर छन्त्यालका अनुसार सरकारले २०५२ सालदेखि गुर्जाका हिमाल आरोहण बन्द गरेको थियो । विसं २०५२ अघिसम्म यहाँका हिमाल आरोहण गर्न पर्यटक आउने गरेका थिए ।

हिमाल आरोहण खुला गराउन गाउँपालिकामार्फत प्रदेश र सङ्घीय सरकारसम्म पहल गरिने वडाध्यक्ष छन्त्यालले बताए । यहाँ गुर्जा पश्चिम सात हजार १९७ मिटर, चुरेन सात हजार ३७५ तथा पुथा सात हजार २७१ मिटर अग्लो हिमाल रहेको छ ।