ग्रामीण विकासका परिकल्पनाकारलाई राष्ट्रले चिनेन

ग्रामीण विकासका परिकल्पनाकारलाई राष्ट्रले चिनेन


यदाकदा इतिहासमा यस्ता युगीन व्यक्तित्व जन्मन्छन् जसद्वारा कुनै खास क्षेत्रमा खास आयाम या मोड प्रदान हुन पुग्छ । नेपालको शैक्षिक विकासमा नयाँ आयाम प्रदान गर्ने एक प्राज्ञिक व्यक्तित्व उमेशप्रसाद आचार्यलाई यस्तै विशेष व्यक्तित्वका रूपमा लिन सकिन्छ । त्रिविको मानविकी सङ्कायमा समस्या परिरहेको अवस्थामा त्यसलाई जीवन्तता दिने एक पात्रको भूमिका आचार्यले निर्वाह गर्नुभएकाले यो भनिएको हो । वि.सं. ०२० सालको फागुनमा काठमाडौंको थापाथलीस्थित प्रसूतिगृहमा पूर्व मालपोत अधिकृत कष्णप्रसाद आचार्य र कमलादेवीका जेष्ठ सुपुत्रका रूपमा जन्मनुभएका उमेश आचार्यले मानविकी सङ्कायलाई जीवन्तता दिनका लागि ग्रामीण विकास नामक एउटा छुट्टै विषयको जुन सोच निकाल्नुभयो, वास्तवमै यो नेपालको सन्दर्भमा आफैंमा महत्वपूर्ण छ ।
सुरुमा त्रिभुवन विश्वविद्यालयको स्थापना भएदेखि अर्थशास्त्र, भूगोल, राजनीतिशास्त्रजस्ता विषयहरूमा ग्रामीण विकास विषयको पढाइ हुने क्रम रहेकोमा ०३८ सालमा समाजशास्त्र विषय स्थापित भएपछि ग्रामीण समाजशास्त्र भन्ने विषयको अध्ययन-अध्यापन कार्य प्रारम्भ भयो । नेपालको सन्दर्भमा यहाँको गरिबी, यहाँको बेरोजगारी, यहाँका अधिकांश युवामा देखिने पछौटेपन र सीपमूलक शिक्षाको खाँचो भइरहेको परिवेशमा कहीँ सोसियल सरि्भस, कहीँ म्यानेजमेन्ट त कहीँ एग्रिकल्चरमा रुरल डिभलपमेन्ट पढाइ भएको हुँदा ब्रान्टन युनिभर्सिटी क्यानडा, विश्वभारती युनिभर्सिटी मद्रास आदिबाट पे्ररणा पाएर प्राध्यापक आचार्यले एउटा नयाँ सोच निकाल्नुभयो ।
०५३ देखि ग्रामीण विकासलाई एउटा नयाँ विषयका रूपमा अगाडि बढाउने आचार्यको सोच त भयो तर त्यति सम्भव थिएन । सुरुमा त कसैले पनि पत्याएनन् । तर यति हुँदाहुँदै पनि या पटक-पटकको असफलताबाट पनि उहाँ निराश बन्नुभएन, बरु सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न सफलता पाउने तेन्जिङ नोर्गे र एडमण्ड हिलारी, क्यान्सर उपचारमा प्रयोग हुने रेडियम पत्ता लगाउने म्याडम क्युरीको कठोर लगनशीलतापछिको सफलताबाट अधिकतम् प्रेरणा पाएर उहाँले नागरिक समाजको प्रशस्त समर्थन जुटाउनुभयो, १५-२० वटा वर्कशप र सेमिनार सम्पन्न गर्नुभयो । अन्ततोगत्वा त्रिविले तत्कालीन मानविकीका सहायक डिन वरिष्ठ अर्थशास्त्री डा. महेन्द्रप्रसाद सिंहको अध्यक्षतामा एउटा कार्यदल गठन गर्‍यो, जुन कार्यदलको आधारमा ०५८ सालदेखि त्रिविमा ग्रामीण विकास विषयको पठनपाठन सुरु भयो । सुरुमा यो विषय कीरि्तपुरमा मार्स्र्टस तहमा मात्र सुरु भयो भने अहिले आएर यो मुलुकका १७ ठाउँ, जस्तो कि पद्मकन्या, त्रि-चन्द्र, पाटन, डिग्री क्याम्पस विराटनगर, उर्लाबारी क्याम्पस मोरङ, महेन्द्रनगर, हरि खेतान वीरगञ्ज, इलाम र धनकुटामा मास्टर्स लेभल, अन्य ३०-३५ ठाउँमा ब्याचलर लेभल र करिब १० हजारभन्दा बढी विद्यार्थीले यो विषय प्लस टुमा पढ्छन् ।
र, यही क्रममा वरिष्ठ अर्थशास्त्री एवम् ग्रामीण विकास केन्द्रीय विभागका विभागीय प्रमुख डा. प्रदीप खड्का, पूर्वउपकुलपति नवीनप्रकाशजङ्ग शाह, नरहरि आचार्य र डा. पुष्कर बज्राचार्यको सोच, शैली, काम र व्यक्तित्वको अत्यधिक रूपमा जीवनमा प्रभाव आचार्यको जीवनमा पर्न गयो । यस्तैगरी नेपाल प्राध्यापक सङ्घका पूर्वअध्यक्ष केशवानन्द गिरीबाट पनि उहाँ अत्यन्त प्रभावित बनेको बताउनुहुन्छ । वास्तवमा आचार्यले एउटा ग्रामीण क्षेत्रबाट आएर जुन सोच निकाल्नुभयो त्यसको परिणतिस्वरूप आज त्रिभुवन विश्वविद्यालयमा ग्रामीण विकास विषयको स्थापना भएको छ । आफ्नो सोच र प्रयत्नका कारण स्थापित भए पनि ग्रामीण विकास केन्द्रीय विभाग कीरि्तपुरमा संस्थापक विभागीय प्रमुख डा. सिंहले यसको स्थापनामा खेल्नुभएको भूमिकाबारे आचार्य बखान गरेर थाक्नुहुन्न ।
यही क्रममा हालै मात्र त्रिवि ग्रामीण विकास केन्द्रीय विभागमा आयोजना भएका तीनवटा छुट्टाछुट्टै कार्यक्रममा ग्रामीण विकासका परिकल्पनाकार पहिलो स्थायी टिचर उमेशप्रसाद आचार्यले केही एजेण्डाहरू उठाउनुभएको छ । पहिलो एजेण्डा, गाविसका सचिवको पद नासुस्तरको गरिनुपर्छ र त्यसो गरिँदा त्यसमा प्लस टु आरडी गरेकाहरूलाई समावेश गर्नुपर्छ, त्यसैगरी ब्याचलर आरडी गरेकाहरू जिल्ला विकास अधिकृतका रूपमा राख्नुपर्छ, मार्स्र्टस आरडी गरेकाहरूलाई स्थानीय विकास अधिकारी ? एलडीओ)का रूपमा अगाडि बढाउनुपर्छ । साथै त्रिविमा सेडा, सिनास र रिकास्टजस्ता निकाय भएजस्तै एउटा रुरल प्लानिङ एन्ड रिसर्च डेभलपमेन्ट सेन्टर खोलिनुपर्छ । संसारमा रुरल डेभलपमेन्ट पढाइ हुने विश्वविद्यालयहरूसँग यस्तै प्रोग्रामका रूपमा अविलम्ब सुरु गर्नुपर्ने, कोर्सलाई बढीभन्दा बढी प्राक्टिकल ओरियन्टेड बनाएर एमए सेकेन्ड इअर फाइनल दिएपछि एक वर्ष इन्टर्नसिप हुनुपर्ने, राष्ट्रिय योजना आयोगमा रुरल डेभलपमेन्टको सेल राखिनुपर्ने भन्ने आचार्यले छिमेकी मुलुक बंगलादेश र भारतमा ग्रामीण विकास मन्त्रालय छुट्टै हुँदा नेपालमा किन नहुने ? भन्दै तीनवटै छुट्टाछुट्टै कार्यक्रममा ग्रामीण विकास विभाग केन्द्रीय विभागमा व्यापक रूपमा उठाउनुभयो । त्यति मात्र नभई आचार्यले प्रस्ट रूपमा एउटा कुरा के पनि राख्नुभयो भने अब नेपालका सन्दर्भमा ग्रामीण विश्वविद्यालय खोल्ने बेला आएको छ र सो विश्वविद्यालय खोल्ने काममा संस्थापक विभागीय प्रमुख डा. महेन्द्र सिंह र वर्तमान केन्द्रीय विभागीय प्रमुख डा. प्रदीप खड्काले अग्रसरता र नेतृत्व लिनुपर्छ भन्ने आग्रह आचार्यले गर्नुभयो ।
यसरी ग्रामीण विकास विषय भनेपछि हुरुक्कै हुने आचार्य विद्यार्थी नै मेरा भगवान् हुन्, आफूले जानेको कुरा उनीहरूलाई सिकाउनु मेरो पूजा-कर्म हो भन्नुहुन्छ । पूर्वीय दर्शनका हिमायती आचार्य हरेक विद्यार्थीको भविष्यनिर्माणलाई आफ्नो धर्म सम्भिmनुहुन्छ र टिचर र डक्टरको ढोका कहिल्यै बन्द हुनुहुँदैन हरदम खुल्ला रहनुपर्छ भन्ने आचार्य लेखन, अनुसन्धान र राम्रो पढाइ र एउटा टिचरले हरेक आफ्ना विषयमा नयाँ-नयाँ इन्फर्मेसन राख्नुपर्छ भन्ने मान्यता राख्नुहुन्छ । आफूलाई सानै अवस्थादेखि नै महत्वपूर्ण प्राज्ञिक क्षेत्रमा ल्याउनुभएका आचार्यलाई जनकपुर क्याम्पसमा इन्टर र डिप्लोमा पढ्दाखेरि नै लाग्थ्यो कि आफ्नो हर्ुकाइ त्यो ठाउँमा भयो जो सीताको जन्मभूमि राजा जनकको तपोभूमि राज्यका रूपमा चिनिन्छ, जहाँ ज्ञानको बारेमा बहस हुन्थ्यो । १४ वर्षको उमेरमा एसएलसी पास गरेपछि त्यही ठाउँबाट आचार्यले आफ्नो शिक्षाको क्रम अघि बढाउनुभयो । आचार्य बारम्बार भन्नुहुन्छ- छिमेकी मुलुक भारतमा गान्धीग्राम युनिभर्सिटी स्थापना भयो भने नेपालका सन्दर्भमा ग्रामीण विकास विश्वविद्यालय किन नहुने ?
तर, मुलुकमा यसरी लोकतान्त्रिक संस्कृतिको विकास हुँदाहुँदै पनि यस्तो प्रतिभालाई मुलुकले नचिनेकोमा आचार्यलाई आफैमा कुनै खेद छैन, कर्तव्य गर्ने तर फलको जिम्मार् इश्वरलाई छोड्ने आचार्य प्राध्यापक आवासगृहको २५ नम्बर क्वार्टरमा बस्नुहुन्छ । र, विद्यार्थीको भविष्य निर्माण गर्न सकियोस्, एउटा राम्रो प्राध्यापक सावित हुन सकियोस् र अरूको भविष्य निर्माणमा लाग्न सकियोस् भन्ने आचार्यलाई राष्ट्रले जुन रूपमा चिन्नुपर्ने हो, चिन्न नसकेको यथार्थले प्राज्ञिक निकाय एवम् नागरिक समाज चिन्तित छ । आचार्यको प्रतिभालाई कदर गर्ने दिन यस राष्ट्रमा कहिले आउला ? राष्ट्रले कहिले चिन्ला ? यस पङ्क्तिकारको जिज्ञासा छ ।
– मोहनप्रसाद खनाल
(विद्यावारिधि, विकास अर्थशास्त्री, पेरिस विश्वविद्यालय)