नेपाल–चीन तेस्रो परामर्श बैठक हुँदै

नेपाल–चीन तेस्रो परामर्श बैठक हुँदै


नेपाल–चीन पारवहन यातायात सम्झौताको ‘प्राटोकल’लाई अन्तिम रुप दिन दुबै देशका अधिकारीको तेस्रो बैठक आजदेखि राजधानीमा प्रारम्भ हुँदैछ ।

दुई दिनसम्म जारी रहने उक्त बैठकमा ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशङ्कर सैजुले र नौ सदस्यीय चिनियाँ पक्षको नेतृत्व त्यहाँको यातायात मन्त्रालयअन्तर्गतको यातायात विभाग महानिर्देशक वाङ शिपिङले गर्ने बताइएको छ ।

बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अतिरिक्त परराष्ट्र, अर्थ, भौतिक पूर्वाधार तथा यातायात, कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालका साथै व्यापार प्रवर्धन केन्द्र र नेपाल इन्टरमोडेल ट्रान्सपोर्टेशन बोर्डका उच्च अधिकारी सहभागी हुने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।