रेडपाण्डाको छालासहित पक्राउ

रेडपाण्डाको छालासहित पक्राउ


महानगरीय प्रहरी परिसर काठमाडौँले दुर्लभ वन्यजन्तु रेड पाण्डाको छालासहित दुईजनालाई पक्राउ गरेको छ ।

पाँच थान रेडपाण्डाको छाला लिएर हिँडिरहेको अवस्थामा सोलुखुम्बुका ३२ वर्षीय शुक्र राई र २७ वर्षीय पवन श्रेष्ठलाई परिसरको टोलीले पक्राउ गरेको हो । यसबारे आवश्यक अनुसन्धान भइरहेको पनि परिसरले जनाएको छ ।