नेनिकयु (संघ)द्वारा युनियन शैक्षिक पुरस्कार वितरण

नेनिकयु (संघ)द्वारा युनियन शैक्षिक पुरस्कार वितरण


रमेश विक, गुल्मी

नेपाल निजामति कर्मचारी युनियन (संघ) गुल्मीले आफ्नो स्थापना दिवसको अवसर पारेर विविध कार्यक्रम सम्पन्न गरेको छ । संघले सदरमुकाम तम्घासमा सामुदायिक तथा संस्थागत विद्यालयबाट २०७४ सालको एसईई परीक्षामा सर्वोत्कृष्ट अंक ल्याएका विद्यार्थीहरुलाई सम्मान तथा युनियन शैक्षिक पुरस्कार वितरण गरेको छ ।

यसैगरी गुल्मी जिल्लामा कार्यरत आर्थिक वर्ष २०७४/०७५ मा सेवा निवृत्त २१ जना निजामति कर्मचारीहरुलाई पनि कार्यक्रममा सम्मान गरियो । गुल्मीमा कार्यरत निजामति कर्मचारीका सन्तति र गुल्मी जिल्लाबाट सामुदायिक र संस्थागत विद्यालबाट एस।ई।ई परिक्षामा सर्वोत्कृष्ट अंक ल्याउने जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेकी सुपुत्री एञ्जिला पाण्डे, जिल्ला प्रशासन कार्यालय शिक्षा विकास तथा समन्वय इकाइका अधिकृत झविलाल विकका सुपुत्र प्रविण विक र सिचाइँ विकास डिभिजन कार्यालय गुल्मीका सहयोगी हिराबहादुर पुनका सुपुत्र उज्वल पुनलाई सम्मानसहित युनियन शैक्षिक पुरस्कार वितरण गरिएको थियो ।

नेपाल निजामति कर्मचारी युनियन (संघ) गुल्मीका अध्यक्ष मेघलाल पाण्डेयको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलको प्रमुख आतिथ्यता, नेपाली कांग्रेस गुल्मीका सभापति भुवनप्रसाद श्रेष्ठ र नेपाली कांग्रेस गुल्मीका सचिव खिलध्वज पन्थीको विशेष आतिथ्यता रहेको थियो भने कार्यक्रमको सञ्चालन नेपाल निजामति कर्मचारी युनियन (संघ) गुल्मीका सचिव मधुप्रसाद घिमिरेले गरेका थिए ।

कार्यक्रममा आधिकारीक ट्रेड युनियन गुल्मीका अध्यक्ष जयश्वर पन्थीलगायत सुरक्षा निकायका प्रमुख, विभिन्न कार्यालयका प्रमुख तथा जिल्लामा कार्यरत विभिन्न तहका कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।

कर्मचारीले आफ्नो पेशागत हकहितमा एकजुट भई निजामति कर्मचारीको आचरणमा रहेर राष्ट्रसेवामा लाग्नुपर्ने सुझाव प्रजिअ पौडेलले दिए भने नेपाली कांग्रेस गुल्मीका सभापति भुवनप्रसाद श्रेष्ठ, सचिव पन्थी खिलध्वज पन्थी, आधिकारिक ट्रेड युनियन गुल्मीका अध्यक्ष जयश्वर पन्थी लगायतले शुभकामना मन्तव्य दिएका थिए ।