पोखरीमा डुबेर दुई बालकको मृत्यु

पोखरीमा डुबेर दुई बालकको मृत्यु


पर्सामा पोखरीमा नुहाउने क्रममा दुई बालकको डुबेर मृत्यु भएको छ । नुहाउने क्रममा वीरगञ्ज महानगरपालिका–२४ रामगढवाका १४ वर्षीय नितेश पटेल र ११ वर्षीय सुदर्शन पटेलको डुबेर मृत्यु भएको हो ।

दुवैजना रामगढवाको ज्योतिनगरस्थित पोखरीमा मंगलबार बेलुका साथीसँग नुहाउन गएका थिए । अबेर रातिसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा आज बिहान उनीहरूको शव पोखरीमा फेला परेको प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए । दुवै बालकको शव परीक्षणका लागि वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल लगिएको छ ।