इलाममा चट्याङ लागेर एकको मृत्यु, दुई घाइते

इलाममा चट्याङ लागेर एकको मृत्यु, दुई घाइते


इलामको माई नगरपालिकामा चट्याङ लागेर मंगलबार एक महिलाको मृत्यु भएको छ ।

चट्याङ लागेर माई नगरपालिका–१ घर भई माई नगरपालिका–६ पलासेमा डेरा गरी बस्ने ३६ वर्षीया कुमारी योङहाङको मृत्यु भएको हो ।

छिमेकीको घरमा चिया खाँदै गरेको अवस्थामा उनलाई चट्याङ लागेको हो । योङहाङको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चट्याङ लागेर स्थानीयवासी टीकामाया योङहाङ र प्रकृति फत्र घाइते भएका छन् । उनीहरूको झापाको बिर्तामोडमा उपचार भइरहेको छ ।