गणेशमान सिंह अध्ययन प्रतिष्ठानको यस्तो योजना

गणेशमान सिंह अध्ययन प्रतिष्ठानको यस्तो योजना


गणेशमान सिंह अध्ययन प्रतिष्ठानले समुन्नत नेपाल र सम्पन्न नेपाल निर्माणका लागि युवा उद्यमशीलता विकास कार्यक्रमलाई अगाडि बढाउने भएको छ ।

प्रतिष्ठानले १६औँ वार्षिक साधारणसभाका अवसरमा आज राजधानीमा आयोजित कार्यक्रममा युवा उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गरी दश वर्षमा दश हजार युवा उद्यमी कार्यक्रम सञ्चालन गर्ने भएको हो ।

प्रतिष्ठानका अध्यक्ष नवीन्द्रराज जोशीले युवा उद्यमीको समूह निर्माण गरी उनीहरू र लगानीकर्ताबीच प्रतिष्ठानले समन्वयकर्ताको भूमिका निर्वाह गर्ने जानकारी दिए । ‘प्रतिष्ठानले युवा उद्यमी र देशका प्रतिष्ठित व्यवसायीबीच नियमित अन्तक्र्रिया कार्यक्रम सञ्चालन गर्नेछ,’ उनले भने ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्लेले नेपालको आर्थिक विकासका लागि युवा शक्तिको ठूलो भूमिका रहेको उल्लेख गरे । ‘नेपालको दिगो आर्थिक विकास पूरा गर्न युवा जनशक्ति लाग्नुपर्छ,’ उनले भने ।

वरिष्ठ राजनीतिज्ञ नीलाम्बर आचार्यले गणेशमान सिंह प्रतिष्ठानले देशको राजनीतिसँगै आर्थिक विकासलाई अगाडि बढाउनुपर्ने बताए । गणेशमान सिंह जीवित हुँदा नै स्थापना गरिएको प्रतिष्ठानले सिंहको चिन्तनलाई नेपाली समाजको आधारभूत तहसम्म पु¥याउनुका साथै मुलुकको विकासका लागि विभिन्न कार्य गर्दै आइरहेको प्रतिष्ठानका महासचिव रेनुका जोशीले जानकारी दिइन् ।

प्रतिष्ठानले आगामी दिनमा लोकतान्त्रिक प्रणालीको सबलीकरण, सामाजिक रूपान्तरण र सामाजिक सद्भावको उत्कृष्टता, सुशासन र भ्रष्टाचारमा निरन्तर आवाज उठाउने प्रतिष्ठानका सचिव डा. भूपेन्द्र बस्नेतले जानकारी दिए । यस्तै, प्रतिष्ठानले चौमासिक पत्रिका प्रकाशन गर्नाका साथै विभिन्न देशका कूटनीतिज्ञसँग छलफल तथा अन्तक्र्रिया गर्नेछ । १६औँ साधारणसभाका अवसरमा प्रतिष्ठानले आज वरिष्ठ राजनीतिज्ञ बेखारत्न शाक्य र शिक्षाविद् डा. केदारभक्त माथेमालाई सम्मान गरेको छ ।