बालिका बलात्कार गर्ने दुईजना जेल चलान

बालिका बलात्कार गर्ने दुईजना जेल चलान


जिल्ला अदालत भोजपुरले बलात्कारमा संग्लन दुईजनालाई आज जेल चलान गर्न आदेश दिएको छ । ९ वर्षीया बालिका करणी गरेको अभियोगमा पौवादुङमा गाउँपालिका–३ का काजी भनिने मानबहादुर बोहोरा र १३ वर्षीया बालिका करणी गर्ने षडानन्द नगरपालिका–१२ का २८ वर्षीय कान्छा भनिने भवनी कट्टेललाई कैदसँगै क्षतिपूर्ति तोकेको हो ।

बोहोरालाई करणीमा १० वर्ष र हाडनातामा १ वर्ष गरी ११ वर्ष कैदसहित रु. ७५ हजार क्षतिपूर्तिको फैसला गरिएको छ भने कट्टेललाई ८ वर्ष कैद र रु. ७५ हजार क्षतिपूर्ति तोकिएको छ । बोहोराले गत जेठ ६ गते र कट्टेलले जेठ २० गते बालिकालाई करणी गरेको प्रहरीले जनाएको छ । दुवैजनालाई जिल्ला न्यायाधीश हरिश्चन्द्र इङ्नामको एकल इजलासले कैद तथा जरिवाना तोकेको हो ।