ब्राउनसुगर र चरेससहित महिला पक्राउ

ब्राउनसुगर र चरेससहित महिला पक्राउ


कैलालीको लम्कीमा ठेलामा लागूऔषधको कारोबार गर्ने महिला ब्राउनसुगर र चरेससहित पक्राउ परेकी छिन् ।

इलाका प्रहरी कार्यालय लम्कीले आज लम्की चुहा नगरपालिका–१ लम्कीमा ठेला व्यवसाय गर्दै आएकी ६८ वर्षीया जनादेवी शाहीको ठेलाबाट १९ पोका ब्राउनसुगर र तीन सय ग्राम चरेससहित पक्राउ गरेको हो । शाहीले ठेलाको डब्बामा राखी कारोबार गर्ने गरेको प्रहरीले बताएको छ ।

लागूऔषधसहित पक्राउ परेकी शाहीलाई लागूपदार्थ ऐनअन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक सुरेन्द्र जोशीले जानकारी दिए ।