भक्तपुरमा पञ्चदान पर्वको रौनक

भक्तपुरमा पञ्चदान पर्वको रौनक


भक्तपुरका बौद्ध धर्मावलम्बीहरुले आज पञ्चदान पर्व मनाएका छन ।
प्रत्येक वर्षको भाद्र कृष्ण त्रयोदशीका दिन भक्तपुरका पाँच विहारबाट दिपंकर बुद्ध निस्केर नगरको विभिन्न बौद्ध विहार परिक्रमा गरी पञ्चदान पर्व मनाउने परम्परा रहेको छ ।

दिपंकर बुद्धलाई बुद्धको पाँच रुपमा मानिन्छ । आज विहानैदेखि नै भक्तपुरको क्वाठन्डौको प्रसन्नाशील महाविहार, गोल्मढीको झौरवही महाविहार, सकोथाको चर्तुब्रह्म महाविहार, भार्वाचोको थथुबही महाविहार र दुधपाटीको कथुबही महाविहारबाट निस्किएर विहानैदेखि नगरको परिक्रमा गरेको थियो ।

स्थानियहरुले बिहानदेखि पञ्चदान दिने परपम्पराअनुसार शाक्यन, र भिक्षुहरुलाई भिक्षा दान दिएका थिए भने पाँच दिपंकरलाई जमिनबाट उब्जिएको काँचो खाद्यबस्तु धान, मकै, गहू, भटमासका साथै अन्य अन्न र फलफुल च्ढाउने परम्परा छ ।

बौद्ध धर्मावलम्वीहरु दीपंकर बुद्धलाई पञ्चदान गरिसकेपछि बालबालिकादेखि बृद्धवृद्धासमेत पञ्चदान भिक्षाग्रहण गर्न लामबद्ध भएर नगर परिक्रमा गरि भिक्षा ग्रहण गर्ने परम्परा छ । बौद्ध धर्मावलम्बीले यसदिन भिक्षा ग्रहण गर्नाले धन बृद्धि हुनुका साथै बुद्धत्व प्राप्त हुने जनविश्वास रहेको छ ।