१५औं निजमती सेवा दिवसमा प्रभातफेरी

१५औं निजमती सेवा दिवसमा प्रभातफेरी


रमेश विक, गुल्मी

निजामती सेवा दिवस २०७५ मुल समारोह समिति गुल्मीले आज सदरमुकाम तम्घासमा विविध कार्यक्रमका साथ १५औं निजामति सेवा दिवस सम्पन्न गरेको छ ।

दिवसको अवसर पारेर निजामति सेवामा लागेका कर्मचारीहरुले सदरमुकाम तम्घास बजारमा प्रभातफेरी कार्यक्रम सप्पन्न गरे । प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलको नेतृत्वमा सम्पन्न प्रभातफेरी मा विभिन्न कार्यालय प्रमुख तथा जिल्लास्थित निजामती कर्मचारीहरुको सहभागिता रहेको थियो ।

दिवसको अवसरमा गरिएको कार्यक्रमले कर्मचारी मिलन केन्द्रको तर्फबाट तम्घास अस्पताललाई थप व्यवस्थितका साथै फोहोरमुक्त बनाउनको लागि विभिन्न सरसफार्इ सामग्री हस्तान्तरण गरेको छ । सोही अवसरमा कारागार कार्यालय गुल्मीमा रहेका कैदीबन्दीहरुलाई मध्यनजर गरी विभिन्न खेलकुद सामग्रीहरु पनि हस्तान्तरण गरेको कर्मचारी मिलन केन्द्रका सचिव प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेयले जानकारी दिए ।