भोला रिजाल एनएमसी जाँदै, ओमको अध्यक्षमा उद्धव

भोला रिजाल एनएमसी जाँदै, ओमको अध्यक्षमा उद्धव


स्थापना कालदेखि नै ओम अस्पतालमा आबद्ध रहेका वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर भोला रिजालले त्यहाँबाट राजीनामा दिएका छन् । ओम अस्पतालमा केही लगानी पनि गरेका उनले त्यहाँबाट एक साताअघि राजीनामा दिएका थिए ।

अब रिजालले नेपाल मेडिकल कलेज शिक्षण अस्पताल (एनएमसी) अत्तरखेलबाट सेवा दिने भएका छन् । उनले अब सोमबारदेखि एनएमसीबाट बिरामीको सेवामा समर्पित रहने बताएका छन् ।

ओम अस्पतालको अध्यक्षको जिम्मेवारी उद्धव पौडेलले पाएका छन् । उनी राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य तथा गोपीकृष्ण हलका मालिकसमेत हुन् ।