बाढीले पुल बगाएपछि बारेकोटमा खाद्यान्न अभाव

बाढीले पुल बगाएपछि बारेकोटमा खाद्यान्न अभाव


जाजरकोटको बारेकोट गाउँपालिकामा खाद्यान्न अभाव भएको छ । गत साउनमा बाढीले पुल बगाएपछि सो गाउँपालिकामा खाद्यान्न अभाव भएको हो ।

खाद्य संस्थान घाट डिपोमा मौज्दात खाद्यान्न सकिएको छ । पुल बगेपछि सो डिपोमा खाद्यान्न ढुवानी गर्न सकिएको छैन । नलगाड नगरपालिकामा रहेको झुम्रेखोलाको पुल बगेपछि बारेकोटलगायत आसपासका क्षेत्रमा खाद्यान्न संकट भएको बारेकोट गाउँपालिका घाटका नीमबहादुर सिंहले जानकारी दिए ।

बारेकोट क्षेत्रमा अहिले ढुवानी ठप्प छ । बजारमा समेत चामल अभाव छ । पुल निर्माण नभएसम्म खाद्यान्न ढुवानी गर्न सकिने अवस्था छैन । बजारमा अन्य दैनिक उपभोग्य सामग्रीको समेत अभाव भएको छ । सडक सञ्जालले नजोडिएको बारेकोट क्षेत्रमा उब्जनी कम हुन्छ ।