हेलिकोप्टर दुर्घटनाः ६ जनाको मृत्यु, एकको जिवितै उद्दार

हेलिकोप्टर दुर्घटनाः ६ जनाको मृत्यु, एकको जिवितै उद्दार


शुक्रबार बिहान भएको हेलिकप्टर दुर्घटनामा परी ६ जनाले ज्यान गुमाएका छन् । नुवाकोटको मैलुङपाखामा हेलिकोप्टर दुर्घटना हुँदा पाइलटसहित ६ जनाको मृत्यु भएको हो । दुर्घटनामा परेको हेलिकप्टरबाट एक यात्रुको भने जिवितै उद्धार गरिएको हो ।

उत्तरी गोरखाबाट काठमाडौंका लागि उडेको अल्टिच्युड एयरको हेलिकोप्टर ९ एन–एएलएस नुवाकोटको मेघाङ गाउँपालिका १ बर्सङचेत मैलुङपाखामा दुर्घटना भएको हो । दुर्घटनामा पाइलट निश्चल केसीका साथै यात्रीहरु डिल्लीबहादुर गुरुङ, छिरी शेर्पा, सुनिल लामा, छेवाङ नोर्वु लामा र जापानी नागरिक हिरोमी कोमात्सुको मृत्यु भएको नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ ।

हेलिकोप्टरमा सवार आनी डोल्माको जीवितै उद्दार गरिएको छ । दुर्घटनापछि आनीले फोन गरेर आफू सकुशल रहेको बताएकी थिइन् । सम्पर्कविहीन हेलिकोप्टर खोजीका क्रममा मैलुङपाखाको घनाजंगलमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो ।