खोलामा करेन्ट लगाएर माछा मार्दा मृत्यु

खोलामा करेन्ट लगाएर माछा मार्दा मृत्यु


माछा मार्ने क्रममा करेन्ट लागेर झापाको शिवसतासी नगरपालिका–१ मा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ३२ वर्षीय दिनेश दाहाल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घरनजिकैको खोलामा शनिबार करेन्ट लगाएर माछा मार्ने क्रममा दाहाल घाइते भएका थिए । उनको आज उपचारका क्रममा लाइफलाइन अस्पताल दमकमा मृत्यु भएको हो ।