पाकिस्तानका नवनिर्बाचित राष्ट्रपति अल्भीलाई राष्ट्रपति भण्डारीको शुभकामना

पाकिस्तानका नवनिर्बाचित राष्ट्रपति अल्भीलाई राष्ट्रपति भण्डारीको शुभकामना


राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लामिक गणतन्त्र पाकिस्तानको राष्ट्रपतिमा निर्वाचित भएकोमा डा अरिफुर रेहमान अल्भीलाई बधाई तथा शुभकामना दिएका छन् ।

राष्ट्रपति भण्डारीले शुभकामना सन्देश पठाउँदै नेपाल र पाकिस्तानबीचको सम्बन्ध अझै सुदृढ हुने विश्वास व्यक्त गरे । नेपाल र पाकिस्तानबीच रहँदै आएको मैत्री सम्बन्ध आगामी दिनमा अझै सुदृढ हुने र जनस्तरको सम्बन्धसमेत प्रगाढ भएर जाने विश्वास राष्ट्रपति भण्डारीको सन्देशमा व्यक्त गरिएको छ ।

क्षेत्रीय तथा अन्तराष्ट्रिय मञ्चहरुमा दुई देशको साझा चासो र सहकार्यको वातावरण आगामी दिनमा अझै प्रभावकारी हुने विश्वास व्यक्त गर्दै राष्ट्रपति भण्डारीले राष्ट्रपति अल्भीको सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । यस्तै, पाकिस्तानी जनताको शान्ति, समृद्धिको कामनासमेत गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।