महिलाको शव फेला

महिलाको शव फेला


रुपन्देहीको शुद्धोदन गाउँपालिका– ७ स्थित दानव नदीमा आज (सोमबार) एक महिलाको शव फेला परेको छ ।

स्थानीयवासीले देखेर प्रहरीलाई खबर गरेपछि फेला परेको शवको पहिचान नभएको इलाका प्रहरी कार्यालय छपियाका प्रहरी निरीक्षक शैलेश्वरी बोहोराले बताए ।

अन्दाजी २३ वर्षीया ती महिलाको शव परीक्षणका लागि भीम अस्पताल भैरहवामा राखिएको छ । ‘घटना के भएको हो, विस्तृत कुरा अनुसन्धान भएपछि मात्रै थाहा हुन्छ,’ प्रहरी निरीक्षक बोहोराले भने ।