जति पीडा दिए पनि…

जति पीडा दिए पनि…


– सरस्वती चौलागाई

तीज आयो फेरि पनि बोकेर पीर् व्यथा
बताउँदछु महिला हिंसाको कथा

दाइजोको निहुँमा छोरी डढेलोमा पर्दछन्
बतात्कृत भै यही धर्तीमा ज्युँदै मर्दछन्

राँडी, रण्डी, भालु, बोक्सी पुरुषले दिने नाम
कुटे पनि, मारे पनि सहनु तिनको काम

जति पीडा दिए पनि परालको आगो रे
लोग्ने मान्छे भएवापत छुट भा’को रे

न त दाइ–भाइ, न त बाबा नाता भन्न पाइयो
न त बाल, न त युवा, वृद्ध नै रह्यो

काममा गए सहपाठीले पनि शोषण गरने
यो समाजमा अब कसको भर परने ?

यो धर्तीमा जन्म लिने दानव हुन् कि मानव हुन्
तिम्र हाम्रो फरक छ कि हे पुरुष खुन ?

महिलाको छोइछिटोमा कहाँ छन् देवता रिसाउँने ?
संस्कार लायो कस्ले हरि छाउमा बसाउने ?

कहिंकतै जानलाई नि डरैडर एकैछिन्
सम्मानपुर्वक बाँच्नलाई कहिले आउँला दिन ?

महिला माथि हत्या, हिंसा संधै छ बलात्कार
कडाभन्दा कडा कानून ल्याउ न हे सरकार ।

मेलम्ची नपा–२, सिन्धुपाल्चोक