लाइन मिलाइदिने प्रहरी इन्चार्ज घुससहित पक्राउ

लाइन मिलाइदिने प्रहरी इन्चार्ज घुससहित पक्राउ


महोत्तरीको इलाका प्रहरी कार्यालय रामगोपालपुरका प्रहरी इन्चार्ज रामबाबु यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले पाँच हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार रामगोपालपुर इप्रका इन्चार्ज प्रहरी नायब निरीक्षक रामबाबु यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले पक्राउ गरेको हो ।

तस्करीका लागि भारतबाट लाइन मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस लिइरहेकै अवस्थामा यादव रंगेहात पक्राउ परेका हुन् । उनलाई आवश्यक कारबाहीका लागि काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक खड्काले बताए ।