रमाइलो–घमाइलो

रमाइलो–घमाइलो


ramailoमहिलाद्वारा घोडाको जन्म
मान्छेको कोखबाट घोडा जन्मिएको कुरा पत्याउन मुस्किलै हुन्छ । तर, यस्तै अपत्यारिलो घटना नाइजेरियामा घटेको छ । नाइजेरियाको बेनिनमा एक महिलाले घोडाको बच्चा जन्माएकी छिन् । स्थानीय वल्र्ड स्पाले–बेनिन रोडस्थित एक चर्चको बाहिर यो अद्भूत घटना घटेको हो । चर्चका एक अधिकारी ओभरसिर ईएस वेल्थलाई हवाला दिँदै एजेन्सीहरूले उल्लेख गरिएअनुसार एउटी महिला चर्चमा प्रार्थना गरिरहेकी थिइन्, यस्तैमा उनलाई प्रसूति बेथाले च्याप्यो । उनलाई ब्लिडिङ पनि हुन थाल्यो र तुरुन्तै उनले एक घोडाको बच्चालाई जन्म दिइन् । यसरी घोडा जन्माउने महिलाबारे सबै कुरा गोप्य राखिएको छ । वेल्थले यो ईश्वरको लीला भन्ने प्रतिक्रिया दिएको पनि समाचारमा जनाइएको छ । मेडिकल साइन्सले मानिसबाट कुनै पनि जनावरको बच्चा जन्मने कुरालाई स्वीकार गर्दैन । त्यसैले, यो चर्चकै तर्फबाट फैलाइएको अफवाह पनि हुन सक्ने प्रतिक्रियाहरू सुनिएका छन् । इसाई समुदायमा पादरीले सन्तको दर्जा हासिल गर्नका लागि आफ्नो जिन्दगीमा कुनै चमत्कार गरेको कुरालाई सावित गर्नुपर्ने प्रावधान छ । यही खेलअन्तर्गत यस्तो कुरा प्रचारमा ल्याइएको हुनसक्ने एकथरीको आशङ्का छ ।

यात्रुको उत्तेजनाले पाइलटलाई सास्ती
पुरुषको तुलनामा महिला बढी कामोत्तेजित हुन्छिन् भन्ने त सबैलाई थाहा भएकै कुरा हो । तथापि, प्लेनमा उडिरहेकै बेला कुनै यात्रीलाई कामोत्तेजनाले सतायो र त्यही कारण प्लेन नै आकस्मिक अवतरण गराउनुप-यो भने के होला ? यस्तो पत्याउनै नसिकने घटना अमेरिकामा घटेको छ । बाल्टिमोर (वासिङ्टन)बाट साल्टलेक सिटी जाँदै गरेको डेल्टा फ्लाइटमा हालै यस्तो घटना घटेको हो । विमानमा एक अपरिचित पुरुष यात्रीसँगै सवार रहेकी एक महिला कामोत्तेजनाले यस्तो उन्मादमा आइन् कि सँगैका पुरुष यात्रुलाई आफ्नो यौन प्यास मेटाइदिन जोड गर्न थालिन् । तर, चलिरहेको प्लेनमा सबै यात्रुका अगाडि कामोत्तेजित महलिाको माग पूरा गर्न ती सहयात्री पुरुष असमर्थ भए । बारम्बार आग्रह गर्दा पनि पुरुष तयार नभएपछि ती महिला सेक्सी आवाजमा चिच्याउन थालिन् । उनको यस हर्कतले यात्रुहरूलाई निकै असुविधा पुग्यो । उक्त दृश्यलाई एक यात्रुले त भिडियो क्यामेराले कैद गर्नसमेत भ्याए । घटना यतिसम्म उत्कर्षमा पुग्यो कि आफ्नो यौन प्यास बुझाउन सहयोग नगरे ती पुरुषयात्रुको हत्या गरिदिने धम्कीसमेत महिलाले दिन थालिन् । यसपछि पाइलट कक्षमा खबर गरियो र उक्त विमानलाई आकस्मिक अवतरण गराउन पाइलट बाध्य भए । ती महिलालाई तत्काल गिरफ्तार गरी कानुनी कारबाही अवलम्बन गरिएको बताइएको छ ।

मरेकी वृद्धा ब्युँतिएर टुक्रुक्क
मरेको मानिस फेरि जीवित हुन सक्दैन भन्ने विश्वव्यापी मान्यता छ । यस मान्यतालाई चीनकी एक वृद्धाले भने उल्ट्याइदिएकी छिन् । चीनको ग्वाङ्सी प्रान्तकी ९५ वर्षीया महिला मरेको ६ दिनपछि ब्युँतिएर सबैलाई चकित तुल्याइदिएको समाचार चिनियाँ मिडियाले प्रकाशमा ल्याएको छ । यसरी मरेर पनि पुनर्जीवन लिँदै मानिसलाई आश्चर्यमा पारिदिने चिनियाँ वृद्धाको नाम ली ज्योफिङ हो । ६ दिनसम्म उनी पूरै मृत थिइन् । न त उनले सास फेरेकी थिइन् न कुनै शारीरिक हलचल नै थियो । उनलाई उनका नातिले मरेपछि शव राखिने काठको बाक्सा (ताबुत)मा प्याक पनि गरिसकेका थिए । तर, हजुरआमाको मायाका कारण अन्तिम दर्शन गर्ने भन्दै शवलाई जमिनमा गाडेनन् उनले । ६ दिनपछि त मृत ठानेर गाड्न ठीक पारिएकी हजुरआमा ताबुतमा टुक्रुक्क बसिरहेकी थिइन् । सुरुमा उनलाई उक्त हालतमा देख्नेहरू भूत भनेर तर्सिए । तर, भूत हुने सवाल नै थिएन, किनकि उनलाई जमिनमा गाडिएकै थिएन । अहिले पनि वृद्धा ली स्वस्थ हालतमै रहेको समाचारमा जनाइएको छ ।

आयु बढाउने हो भने…
विवाहले मानिसको जीवनमा विभिन्न अर्थ र महत्व राख्दछ भन्ने त सबैलाई थाहै छ । तर, वैवाहिक सम्बन्धकै कारण मानिसको आयु पनि लामो हुन्छ भन्नेचाहिँ कमैलाई मात्र जानकारी होला । हो, विशेषज्ञहरूले एक अनुसन्धानपछि गरेको दाबीअनुसार एक्लोपनले कैयन रोगको जन्म गराइदिन्छ र व्यक्तिलाई मृत्युनजिक लैजान्छ । अनुसन्धानकर्ताहरूका अनुसार जो व्यक्ति अविवाहित रहन्छ, उसको आयु तुलनात्मक रूपमा कम हुन जान्छ । अर्थात्, त्यही व्यक्ति विवाह गर्दा जति वर्ष बाँच्छ, बिनाविवाह उसको आयु छोट्टिन्छ । करिब दुई लाख ५० हजार मानिसमा यसबारे अध्ययन गरिएको थियो, जसले विवाहित पुरुषको तुलनामा अविवाहितको मृत्युदर २३ प्रतिशतले ज्यादा पाइएको तथ्याङ्क ओएनएसले प्रकाशित गरेको छ ।
यति मात्र नभई विवाह गरेर पनि जो पत्नीसँग अलग्गिएर बस्नुपरेको छ, त्यस्ता व्यक्ति चाँडै मर्ने सम्भावना झन् ३१ प्रतिशतले बढी हुन्छ । पहिले जीवनसाथीको साथ पाएरपछि एक्लिनुपरेको पुरुषमा अनेक किसिमका गलत आनीबानी विकसित हुन जाने र त्यसले उसको शारीरिक तथा मानसिक स्वास्थ्यमा नराम्रो प्रभाव पार्ने विज्ञहरूको दाबी छ । जस्तो कि एक्लै बाँच्ने व्यक्तिमा धुमपानको तथा अल्कोहल सेवन गर्ने, घरबाहिर खाना खाने, आफ्नो स्वास्थ्यप्रति लापरबाही गर्ने आदत बढेर जान्छ, जब कि विवाहित पुरुष आफ्नो जिम्मेदारी निर्वाह गर्नमै व्यस्त रहन्छ र माथि भनिएका खराब आदतको सिकार बन्ने सम्भावना कम रहन्छ । फलस्वरूप शारीरिक तथा मानसिक रूपले ऊ स्वस्थ रहन्छ । यसैले एक्लोपनबाट टाढा रहन विज्ञहरूको सुझाव छ ।

अनुमति नपाउँदा पे्रमिकालाई नाङ्गेझार
पे्रमिकाको परिवारले विवाहको अनुमति नदिएको झोँकमा एक सन्की युवकले प्रेमिकाको अपहरण गरेर तर्साउँदै एउटा बिल्डिङको छतमा लग्यो र विवाहको अनुमति नदिने भए युवतीलाई छतबाट खसालेर मारिदिने धम्की दिँदै व्यापक त्रास पैदा गरिदियो । घटना चीनको हेनान प्रान्तस्थित सान्या सहरको हो । यसरी आफैँले विवाह गर्न चाहेकी युवतीलाई अपहरण गर्ने सन्की प्रेमीको चित्त त्यतिले मात्र बुझेन, उसले प्रेमिकाको कपडा उतार्न लगाएर नाङ्गो तुल्यायो । घटनाबारे स्थानीयले प्रहरीलाई खबर दिएपछि तत्काल प्रहरी घटनास्थल त पुग्यो तर युवकले प्रहरीलाई नै धम्क्याउन थाल्यो । आफूमाथि कारबाही गर्ने भए युवतीलाई छुरा हानेर मारिदिने बताउन थालेपछि प्रहरीसमेत जिल्लियो । उसको हातमा धारिलो चक्कु पनि थियो । यसरी पाँच घण्टासम्म उसले तमासा देखायो । अन्ततः उसले आफ्ना लागि प्रहरीसँग एक कारको माग ग-यो । त्यसमा सवार भएर भाग्ने दाउ गरेको रहेछ उसले । प्रहरीलाई टाढा रहन निर्देश गर्दै मगाइएको कारतर्फ लम्कँदै गर्दा एक प्रहरी जवानले झुक्याएर उसलाई पक्रिए । सन्की युवकलाई प्रहरीले हिरासतमा लिएर कारवाही प्रक्रिया अघि बढाएको एजेन्सीहरूले उल्लेख गरेका छन् ।