त्रिशूलीमा हाम फालेर बेपत्ता

त्रिशूलीमा हाम फालेर बेपत्ता


त्रिशूलीमा हामफालेर एक महिला बेपत्ता भएकी छन् ।

बेपत्ता हुनेमा सिन्धुली दुधौली नगरपालिका–२ भुलवाही घर भई काठमाडौं बस्दै आएकी २७ वर्षीया दीक्षा बराल रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यले जानकारी दिए ।

इच्छाकामना गाँउपालिका–४ केबुलकार स्टेशन नजिकबाट बराल त्रिशूलीमा हाम फालेकी हुन् । तीन वर्षीय छोरा हार्दिक पौडेललाई केबुलकार रेष्टुरेण्टमा छाडेर त्रिशूलीमा हाम फालेको प्रहरीले जनाएको छ । बेपत्ता बरालको खोजी कार्य भइरहेकोे छ ।