सुत्केरीलाई अब एक वर्ष बिदा

सुत्केरीलाई अब एक वर्ष बिदा


अब सुत्केरी महिलाले वर्ष दिनसम्म बिदा पाउने भएका छन् ।

शिक्षा तथा स्वास्थ्य समितिले सुत्केरी महिलाले एक वर्ष बेतलबी बिदा पाउने गरी संसदमा पेस गरेको विधेयक आज (शुक्रबार) पास भएपछि सुत्केरी महिलाले एक वर्ष बेतलबी बिदा पाउने भएका हुन् ।

सुरक्षित मातृत्व विधेयकसम्बन्धी दफा १३ (२) मा कुनै गर्भवती महिलालाई बिदा नपुगे चिकित्सकको सल्लाहबमोजिम १ वर्षसम्म बेतलबी बिदा पाइने उल्लेख छ ।

संसदबाट पारित भएको उक्त विधेयक राष्ट्रपतिले प्रमाणित गरेपछि ऐनका रूपमा कार्यान्वयनमा आउनेछ ।