प्रतिपक्षी नेतासहित दुई हजार बन्दी जेलमुक्त

प्रतिपक्षी नेतासहित दुई हजार बन्दी जेलमुक्त


रुवान्डाका प्रतिपक्षी दलका नेता भिक्टर इनाविरसहित करिब दुई हजार बन्दीलाई शनिबार रिहा गरिएको छ ।

रुवान्डाका राष्ट्रपति पाउल कगामीले प्रतिपक्षी नेता इनाविरसहित बन्दी अवस्थामा रहेका उनका दुई हजार समर्थकलाई एक्कासि रिहा गर्न निर्देशन दिएपछि उनीहरू रिहा भएका हुन् ।

‘राष्ट्रपतिद्वारा स्वतन्त्रता प्रदान गरेकोमा उहाँप्रति आभार व्यक्त गर्न चाहन्छु,’ इनाविरले राजधानी किगालीको मागेरागेरा जेलबाट रिहा भएलगत्तै सञ्चारकर्मीसँग बताए ।

‘यो रुवान्डामा राजनीतिका लागि मलाई दिइएको स्वतन्त्रता (खुलापन) को शुरुवात भएको मैले विश्वास गरेको छु,’ उनले भने ।

राजनीतिक प्रतिशोधका आधारमा जेलमा राखिँदै आएका अन्य बन्दीहरूलाई पनि रिहा गर्न राष्ट्रपति कगामीसमक्ष उनले आग्रह गरे ।