प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी)मा इबोलाबाट सङ्क्रमितको सङ्ख्या ८०८ पुगेको छ भने १९२ जनाको मृत्यु भएको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
इबोला भाइरस सङ्क्रमणको प्रकोपको स्थितिबारे जारी प्रतिवेदन नम्बर ३१ अनुसार आइतबार २६ थप व्यक्तिमा सङ्क्रमण पुष्टि भएको र ११ जनाको मृत्यु भएको छ ।
यसले सङ्क्रमणको मृत्यु दर २३।८ प्रतिशत पुर्याएको छ । आइतबारसम्म कुल ३६३ बिरामीहरू आइसोलेसनमा रहेका थिए भने ४८ बिरामीहरू प्रकोप सुरु भएदेखि निको भएका थिए ।
इटुरी, उत्तरी किभु र दक्षिण किभु गरी तीन प्रभावित प्रान्तमा यो इबोला नियन्त्रणको लागि अभियान जारी छ । बुन्डिबुग्यो इबोला भाइरसका कारण फैलिएको प्रकोप देशमा मे १५ मा आधिकारिक रूपमा घोषणा गरिएको थियो।
प्रतिक्रिया