नाइजेरियाका १० वटा राज्यमा हालै आएको बाढीको प्रकोपको करिब एक सय व्यक्तिको मृत्यु भएको छ ।
त्यसपछि नाइजेरियाले राष्ट्रिय प्रकोपको घोषणा गरेको राष्ट्रको प्रमुख प्रकोप व्यवस्थान निकायले मंगलबार जानकारी दिएको छ । भारी वर्षाको कारण नाइजर र बेनुए राज्यमा नदी बन्द भई आएको बाढीको कारण हजारौँको संख्याका व्यक्ति फसेका छन् ।
राष्ट्रिय संकटकालीन व्यवस्थापन निकायका अधिकारी सानी दातीले चारवटा राज्य कोगी, डेल्टा, आनम्ब्र्रा र नाइजरमा राष्ट्रिय प्रकोप घोषणा गरेको बताए ।
अन्य आठवटा राज्य पनि बाढीको प्रकोपले भीषण रूपमा प्रभावित भएको र यी राज्यले पनि निरीक्षणको सूचीमा रहेको बताइएको छ ।
करिब दशवटा राज्यमा भएको यस प्रकोपमा परी करिब एक सय व्यक्तिको मृत्यु भएको छ । कोजी र नाइजर मध्यनाइजेरियामा पर्छ भने डेल्टा र आनम्ब्रा दक्षिणमा पर्दछ ।
हाल नाइजेरियामा आएको बाढी सन् २०१२ पछिको ठूलो भएको सरकारी अधिकारीले जानकारी दिएका छन् ।
नाइजेरियामा केही दिन अघिदेखि ३६ वटा राज्यमा भारी वर्षापछिको बाढीको प्रकोपको कारण सयौँ व्यक्तिको मृत्यु हुनुको साथै करिब २० लाख व्यक्ति घरवारविहीन भएका छन् ।
प्रतिक्रिया