प्रदेश नं ३ को मंगलबार बसेको प्रदेशसभा बैठकको विशेष समयमा बोल्ने सदस्यले स्थायी राजधानी तोक्नआग्रह गरेका छन् । उनीहरुले प्रदेशका जनतालाई विकासको पूर्वाधारका साथै आर्थिक समृिद्धतर्फ लैजान आवश्यक भएकाले स्थायी राजधानीको प्रस्ताव बैठकमा ल्याई यथाशीघ्र छलफल गर्न सरकारसँग माग गगरेका हुन् ।
देशमा बढ्दै गएको बालबालिका, किशोरी र वृद्धालाई बलात्कार गरी हत्या गर्ने आपराधिक घटनालाई अनुसन्धान गरी कानूनी कारवाही हुनुपर्नेमा पनि उनीहरुले जोड दिए । अब प्रदेश सरकारले पनि त्यस्तो नराम्रा घटनालाई दोहोरिन नदिन प्रभावकारी ऐन कानून निमार्ण गर्नुपर्ने सुझाव प्रदेशसभा सदस्यहरुले दिए ।
मंगलबार नै बसेको दोस्रो बैठकले प्रदेश स्वास्थ्य सेवासम्बन्धी विधेयक, २०७५ लाई सर्वसम्मतिले पारित गरेको छ । सामाजिक विकासमन्त्री युवराज दुलालले उक्त प्रस्ताव टेबल गरेका थिए ।
विशेष बैठकमा प्रदेशसभाका सदस्य रामकुमार अधिकारी, बिजुला बर्मा शर्मा, प्रदीपकुमार केसी कटुवाल, सुरेन्द्रराज गोसार्इं, सृजना सैँजु, लालकुमारी पुन, शोभा शाक्य, गणेशप्रसाद दुलाल, बसुन्धरा हुमागार्इं, गीता वाग्ले, लक्ष्मण लम्साल र रीना गुरुङले आ—आफ्नो धारणा राखेका थिए ।
तस्बिर रासस
प्रतिक्रिया