नेपाल भ्रमणमा रहेका अफगान टोलीसँगको भेटवार्ताका क्रममा कुनै समय गुरिल्ला कमान्डरका रूपमा समेत चिनिएका गृहमन्त्री रामबहादुर थापा बादलले नेपाली सेनाको बारेमा नकारात्मक टिप्पणी गरेको जानकारी घटना र विचारलाई प्राप्त भएको छ ।
विभिन्न व्यक्तिहरूलाई भेटेर तिनका विचार र अनुभव सङ्ग्रह गर्ने क्रममा बादलसँग भेटवार्ता गरेका अफगान टोलीसँग उनले नेपाली सेनाको सोच, संस्कार र संरचना ठीक नभएको बताएका थिए ।
बादलको भनाइ थियो, ‘नेपालको सेना सामन्ती हो, यसलाई फेर्नुपर्छ । सेनाको सोच संस्कार र संरचना नबदलेसम्म परिवर्तनको उपलब्धिले पूर्णता पाउन सक्दैन ।’ यसरी गृहमन्त्रीकै जिम्मेवारीमा रहेका व्यक्तिले आफ्नै देशको राष्ट्रिय सेनालाई गाली गरेको सुनेर अफगान टोली छक्क परेको र उनीहरूले नेपालको शान्तिप्रक्रियाले अझै पनि पूर्णता पाइनसकेको हो कि भन्ने आशङ्का गरेका थिए ।
प्रतिक्रिया