नेता नेपाल किन गए घाना ?

नेता नेपाल किन गए घाना ?


नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल ‘पान अफ्रिकन सम्मेलन’मा भाग लिन घाना प्रस्थान गरेका छन् ।

घानाको समाजवादी पार्टीको आयोजनामा हुने सम्मेलनमा ‘साम्राज्यवाद र पुँजीवादविरोधी’ विषयको कार्यक्रममा सहभागी हुन नेकपाका स्थायी समिति सदस्य पम्फा भुसाल र केन्द्रीय सदस्य बलराम बाँस्कोटासमेत गएराति घाना गएको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।

सम्मेलन बिहीबार र शुक्रबार हुनेछ । नेता नेपाल असोज ९ गते स्वदेश फर्कने बताइएको छ ।