जापानका प्रधानमन्त्री अबे सत्तारुढ दलको अध्यक्षमा पुनः विजयी

जापानका प्रधानमन्त्री अबे सत्तारुढ दलको अध्यक्षमा पुनः विजयी


जापानका प्रधानमन्त्री सिन्जो अबे उनको सत्तारुढ दलको अध्यक्षमा पुनः निर्वाचित भएका छन् । अबे ६३ वर्षीय अबे उनको राजनीतिक दल ‘लिबरल डेमोक्रेटिक पार्टी’को बिहीबार सम्पन्न निर्वाचनमा अध्यक्ष निर्वाचित भएका हुन् ।

यस विजयसँगै प्रधानमन्त्री अबे जापानमा लामो समयसम्म प्रधानमन्त्रीको पदमा रहने निश्चित भएको छ ।

उनले आफ्नो दलका सदस्य र सांसदबाट ५५३ मत प्राप्त गरेका थिए । उनको विरुद्धमा उम्मेदवार बनेका अर्का नेता सिगेरु इसाबाले भने २५४ मत मात्र प्राप्त गरे । नेता इसाबा जापानको पूर्वरक्षामन्त्री हुन् ।

जापानी प्रधानमन्त्री अबे संविधान संशोधनको मुख्य एजेण्डाका साथ प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । उनी पुनः आफ्नो पार्टीको प्रमुखमा निर्वाचत भएसँगै संविधान संशोधनको उनको लक्ष्य पूरा हुने बताइएको छ ।