भारतमा सडक दुर्घटना परी तीनको मृत्यु, ५० घाइते

भारतमा सडक दुर्घटना परी तीनको मृत्यु, ५० घाइते


उत्तर भारतको पहाडी सडकमा भएको एक सडक दुर्घटनामा परी कम्तीमा तीन व्यक्तिको मृत्यु हुनको साथै अन्य ५० जना घाइते भएका छन् ।

एक निजी बस पहाडी सडकमा पल्टिँदा सो दुर्घटना भएको प्रहरी स्रोतले जानकारी दिएको छ । बुधबार राति चिप्लो सडकमा बस पल्दिँदा सो घटना भएको र तीन व्यक्तिको घटना स्थलमै मृत्यु भएको छ ।

घाइतेलाई अस्पताल भर्ना गरिएको र घाइतेमध्ये सातको अवस्था भने चिन्ताजनक रहेको नाम नबताउने सर्तमा एक प्रहरी अधिकारीले बताए ।

प्रत्यक्षदर्शीका अनुसार चालकले नियन्त्रण गुमाउँदा सो दुर्घटना भएको हो । सो क्षेत्रमा लगाइएका घेराहरूको कारण बस खाल्डोमा खस्नबाट बचेको र घेरै व्यक्ति बाँच्न सफल भएका स्थानीय प्रहरी प्रमुख मोनिकाले सञ्चारमाध्यमलाई बताए ।