जिप दुर्घटनामा नौ घाइते

जिप दुर्घटनामा नौ घाइते


कर्णाली राजमार्गअन्तर्गतको दैलेख खण्डमा जिप दुर्घटना हुँदा नौ यात्रु घाइते भएका छन् । जुम्लाबाट सुर्खेततर्फ आउँदै गरेको जिप कर्णाली राजमार्गमा दुर्घटना हुँदा जिपमा सवार १० जनामध्ये नौ यात्रु घाइते भएका हुन् ।

बुलबुले यातायात प्रालिको भे.१ज ९७९ नम्बरको जिप दैलेखको आठबिस नगरपालिका–१ डावमा दुर्घटना भएको हो ।

आज बिहान २ः३० बजे जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिए । दुर्घटनामा घाइते नौजनाको क्षेत्रीय अस्पताल सुर्खेतमा उपचार भइरहेको छ । प्रहरीका अनुसार जिप सडकदेखि करिब ६० मिटर तल खसेको थियो ।