बसको ठक्करबाट हजुरबुबा र नातिनीको मृत्यु

बसको ठक्करबाट हजुरबुबा र नातिनीको मृत्यु


झापाको कमल गाउँपालिका-४ केरखास्थित पूर्वपश्चिम राजमार्गमा आज (७ कात्तिक) साँझ भएको सवारी दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा कमल गाउँपालिका–३ का ६० वर्षीय टेकबहादुर लिम्बू र उनकी ११ वर्षीया नातिनी कृपा लिम्बू रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी अर्जुनप्रसाद सोडारीले जानकारी दिए । उनका अनुसार साँझ ५ः३० बजेतिर काँकडभिट्टाबाट काठमाडौं जाँदै गरेको प्र १–०१–००१ ख ४३३१ नम्बरको यात्रुवाहक रात्रिबसले सडक पार गरिरहेको विद्युतीय साइकललाई ठक्कर दिँदा साइकलमा सवार हजुरबुवा र नातिनीको घटनास्थलमै मृत्यु भएको हो ।

प्रहरीचौकी केरखाले बसचालक विशाल ठटाललाई तत्कालै नियन्त्रणमा लिएको जनाइएको छ । घटनापछि स्थानीयवासीले राजमार्गमा यातायात अवरुद्ध गरेका छन् ।