समाजवाद निर्माण : एउटा ढाँट कुरा !-शोभाकर पराजुली

समाजवाद निर्माण : एउटा ढाँट कुरा !-शोभाकर पराजुली


…त्यसो भए नेपाली काङ्ग्रेसको वर्तमान नीति समाजवादविरोधी हो ? नेपाली काङ्ग्रेसका कुनै न कुनै नेताले सार्वजनिक रूपमा जवाफ दिनैपर्छ । ? प्रदीप नेपाल
उपरोक्त भनाइ उद्धृत गरिएको मात्र नभई प्रस्तुत लेखको शीर्षक पनि प्रदीप नेपालकै लेखबाट साभार गरिएको सर्वप्रथम पङ्क्तिकार स्पष्ट पार्न चाहन्छ । उहाँले हालै प्रकाशित आफ्नो एक लेखमा केही अहम् सवालहरू उठाउनुभएको रहेछ । नेपाली काङ्ग्रेसका नेताहरूलाई आफ्ना लेखका बारेमा केही भन्न आग्रह गर्नुभएका प्रदीप नेपालको आग्रहको जवाफ नेपाली काङ्ग्रेसका नेताहरूले दिएजस्तो लागेको छैन । कामको सिलसिलामा म सञ्चारमाध्यमको पहुँचभन्दा बाहिर भएको समयमा मेरा नेताहरूले यसबारेमा उल्लेख गरिदिनुभएका भए अझ राम्रो नै भयो । नेताहरूलाई जवाफको आग्रह गरिएकोमा कार्यकर्ताको हैसियतमा पनि केही भन्ने अधिकार दिइनेछ भन्ने आशामा यो धृष्टता गर्दै छु ।
प्रदीपजी मात्र होइन दुनियाँका नभने पनि नेपालका कम्युनिस्ट नेता र कार्यकर्ताहरूले बुझ्नैपर्ने एउटा विषय छ, त्यो हो- काङ्ग्रेसको समाजवादको परिभाषा र कम्युनिस्टहरूको परिभाषा फरक छ । कम्युनिस्टहरू पुँजीवादपछिको अर्को सङ्क्रमणकाल समाजवाद हो भन्ने गर्छन् । उनीहरूको दस्तावेजले पनि त्यही देखाउँछ । समाजवादमा योग्यताअनुसार काम र कामअनुसार माम, अर्थात् आवश्यकताको परिपूर्ति गर्ने भन्ने गरिन्छ । अर्कोतर्फ नेपाली काङ्ग्रेस र लोकतन्त्रमा विश्वास गर्ने विश्वका समाजवादीहरूको समाजवादको परिभाषा अर्कै किसिमको छ । लोकतान्त्रिक पक्षलाई आधार मान्नेहरूको लक्ष्य पनि समाजवाद हो र सुरुवात पनि समाजवाद हो । हामीहरूका लागि समाजवाद अहिले पनि आउन सक्दछ, पहिला पनि आउन सक्ने थियो । काङ्ग्रेसको समाजवाद भनेको समाज जुन अवस्थामा छ त्यो अवस्थाबाट समाजलाई विकास गर्नु र विकासको प्रतिफल सबै जनतालाई न्यायपूर्ण रूपमा दिनु हो । यसको जग वा न्यूनतम आधार भनेको आधारभूत आवश्यकताको परिपूर्ति सबै नागरिकको हुनुपर्छ भन्ने हो ।
पुँजीवादसम्मको बारेमा कम्युनिस्टहरूको र अन्य सबैको उत्पादनको सम्बन्धमा गरिएको व्याख्या समानजस्तै छन् भन्दा हुन्छ । वितरणको सम्बन्धमा समाजवादीहरूको र पुँजीवादीहरूको तथा साम्यवादीहरूको फरक धारणा छ । साम्यवादीहरूको व्यवहारले कम्युनिस्ट पार्टीलाई सहयोग नगर्ने सबै पुँजीपतिहरू श्ाोषक, सामन्त र अराष्ट्रिय आदिमा गनिन्छन् वा गनिने गरेका छन् । पुँजीवादीहरू प्ाुँजीपतिहरूलाई बढी सम्पत्ति थुपार्न दिँदा उनीहरूले त्यसलाई विकासमा लगाउँछन् भन्ने गर्दछन् । समाजवादीहरू आर्थिक रूपको पुँजीवादमा पनि वितरणको समाजवाद हुन्छ भन्ने विश्वास गर्दछन् । पहिलो आवश्यकता न्यूनतम आवश्यकता परिपूर्ति हो र मात्र उद्योग तथा उद्योगीको कुरा आउँछ भन्नेमा समाजवादीहरू प्रस्ट छन् । त्यसकारण साम्यवादीहरूको समाजवाद र समाजवादीहरूको समाजवादको चुरो फरक छ ।
खै त समाजवादीहरूल्ो त्यो समाजवाद दिएका ? भन्ने सवाल गरे पनि हुन्छ । वास्तवमा समाजवादीहरूले माथि उल्लेख गरेको समाज दिन सकेका छन् त ? छैनन् । युरोपका केही देशमा अपेक्षाकृत राम्रो भएको पाइन्छ । अन्य केही देशहरूमा पनि वितरण प्रणाली, बेरोजगार भत्ता, सामाजिक सुरक्षा, शिक्षा तथा स्वास्थ्यका सम्बन्धमा सुरक्षा आदि भएका छन् । ती समाजवादका अलिक राम्रा अवस्था हुन् । नेपालजस्ता देशहरूमा त्यसो हुन सकेको छैन । यो दु:खद् हो । त्यसैले जनतालाई मीठा भाषण दिनेहरूले गलत दिशामा लग्न सकेका पनि छन् । अर्को पाटो भनेको समाजवादीले मात्र होइन साम्यवादीले त झन् कहीँ पनि लक्ष्यअनुसारको काम गर्न सकेका छैनन् । नेता धनी र जनता पीडित छन् । नेपालमा त झनै जनताको हितको नाममा मानिस मार्नेसम्म र विकासका नक्सा नै हटाउने कार्य भएका छन् । समाजवादीहरूले नेपालमा पनि सकारात्मक कार्य धेरै हुनुपर्नेमा साह्रै थोरै गरेका छन् तर साम्यवादीहरूले त नकारात्मक कार्य नै गरेका छन् । यसबाट व्यावहारिकता बुझ्न सजिलो होला ।
साम्यवादीहरूको समाजवाद निर्माण अहिलेको परिप्रेक्षमा र प्रचण्ड र खनालको ७ बुँदे सहमति पनि ढाँटको कुरा होला । सबैजसो निष्पक्ष रूपमा हेर्नेहरूका लागि त्यो पूरा नहुने र सरकार हुँदै सत्ता कब्जा गरेर जनतालाई दु:ख दिने र नेताहरूले सञ्चारमाध्यम र सम्पत्ति मात्र होइन बन्दुक पनि आफ्नो कब्जामा लिएर समानता दिएको नारा लगाउने व्यवस्थाको परिकल्प्ाना उहाँहरूल्ो गर्नुभएको छ । त्यो पूरा नहुने भए पनि हो भन्ने भ्रम दिइएको छ । अहिलेका प्रधानमन्त्रीले माओवादीले सत्ता कब्जा गर्न चाहेकोबारेमा प्रतिक्रिया दिँदा सबै कम्युनिस्टहरूको लक्ष्य सत्ता कब्जा नै हो भनेका थिए । समाजवादउन्मुख समाजको पहिलो लक्ष्य जनताको हित होइन सत्ता कब्जा गर्ने बाटोमा अगाडि बढ्नु हो भन्ने अर्थमा काङ्ग्रेसको आपत्ति हो । ढाँटको कुरा भएर पनि सत्ता कब्जा गरेर जनतालाई दु:ख दिन सक्ने अवस्थाबाट सचेत गर्न काङ्ग्रेसलाई नसा बटारिन पनि पर्दैन र ज्वरो आउन पनि पर्दैन ।
म्ाहामानव बीपीले नेपालमा समाजवादको प्रवेश गराउनुभएको र विश्वमा नै समाजवादलाई अझ परिस्कार हुन सहयोग गर्नुभएको हो । तर, त्यो समाजवाद माथि उल्लेखित आर्थिक आधार र राजनीतिक रूपमा लोकतन्त्रको जगमा अडिएको हो भन्नेमा कसैलाई पनि भ्रम हुन हुँदैन । ढाँटका कुरा गरेर जनतालाई र देशलाई नै दु:ख दिने कार्य भयो भने जनताको पक्षमा सोच्ने सबैलाई चिन्ता हुन्छ र हुनुपर्छ । काङ्ग्रेसलाई समाजवादसँग कुनै पीडा हुँदैन बरु अरूलाई भन्दा बढी खुसी हुन्छ । यसको पनि कारण छ- समाजवादको नाममा लगाइने बन्धन । तर, लक्ष्य असफल हुने कार्यले हालिमुहाली गर्नुहुँदैन भन्नेमा त सजग हुनैपर्छ ।
कतिपय समाजमा समाजवाद अहिले पनि आइरहेको छ । साम्यवादीहरूको समाजवाद कहिले आउँछ या कहिल्यै पनि आउँदैन भन्नेबारेमा साम्यवादीहरूको कुरालाई आधिकारिक मान्नुपर्ने हो भने पनि समाजवादीहरूको समाजवादको उच्च्ा रूप नभए पनि हरेक विकासको कार्य र त्यसबाट जनताले पहिलाभन्दा बढी सुख पाउनु समाजवाद एक हदसम्म हुनु हो । हामी समाजवाद विकासको एक चरण मान्दैनौँ । हामी समाजवादीहरू समाजवाद भनेको समाजको विकासको क्रममा सकेसम्म बढी विकास र समानतालाई फ्युजन गरेर सुख र शान्ति भएको अवस्था हो भन्ने सिद्धान्तमा प्रस्ट छौँ ।
माक्र्सदेखि प्रदीप नेपालसम्म सबैको क्षमता उच्च होला, यसमा हामी गर्व गर्न सक्दछौँ, तर उनीहरू मानिस हुन् र मानिसको क्षमताको सीमितता हुन्छ । इन्द्रियहरूका क्षमताहरूका सीमितता हुन्छन् । ब्रह्माण्ड भने असीमित छ भन्ने पनि हामीलाई थाहा छ । हामी मानिस ठूला हुन सक्दछन् तर मानिसको सीमाभन्दा बाहिर जान सक्दैनन् भन्ने पनि सोच्दछौँ । समाजवादीहरू आफ्ना नेताहरूलाई भिन्नै धातुले बनेका भनेर दलाली गर्नभन्दा हामीहरूका नेताहरू पनि मानिस नै हुन् । उनीहरूबाट पनि गल्ती हुन सक्दछन् । त्यसै मानिसलाई गल्ती गर्नबाट रोक्ने र गरेमा सजाय हुने प्रणाली विकास हुनुपर्छ र भएका प्रणालीहरू सुरक्षित हुनुपर्छ भन्नेमा विश्वास गर्दछौँ । ती प्रणालीहरूमा बहुलवाद, बहुदलीय व्यवस्था, सबै शान्तिपूर्ण राजनीति गर्ने दलहरूको समान हैसियत र अशान्ति मच्चाउनेहरूलाई सजाय गर्ने प्रणाली आदिमा विश्वास गर्दछौँ ।
लोकतन्त्र मान्ने हो भने समाजवाद निर्माण ढाँटको कुरा हुन सक्दैन । ढिलो गर्नेहरूल्ो काम ढिलो गर्न सक्दछन् । जनता सचेत भए भने धेरै समस्या चाँडो सुल्झन्छ । लोकतन्त्रलाई एक दल र विचारको परिभाषामा रहने विषय हो भन्ने हो भने विभिन्न हत्कण्डाको आधारमा मान्नुपरेको समाजवाद र यसको निर्माण पूरै ढाँटको विषय बन्दछ । समाजवाद त के साम्यवाद पनि जनताको विकास, समानता र शान्तिका लागि माध्यम हुनुपर्छ, लक्ष्य होइन । साम्यवादको माध्यमको विकल्पमा जनहितको उच्चतम सोच दिने वातावरण पनि हुनुपर्छ । माध्यमको विकल्प हुन्छ । माक्र्सभन्दा उच्चतम समानताको सोच दिन सक्ने व्यक्ति प्रदीप नेपाल हुन समाजवाद निर्माण : एउटा ढाँट कुरा !
-शोभाकर पराजुली
…त्यसो भए नेपाली काङ्ग्रेसको वर्तमान नीति समाजवादविरोधी हो ? नेपाली काङ्ग्रेसका कुनै न कुनै नेताले सार्वजनिक रूपमा जवाफ दिनैपर्छ । ? प्रदीप नेपाल
उपरोक्त भनाइ उद्धृत गरिएको मात्र नभई प्रस्तुत लेखको शीर्षक पनि प्रदीप नेपालकै लेखबाट साभार गरिएको सर्वप्रथम पङ्क्तिकार स्पष्ट पार्न चाहन्छ । उहाँले हालै प्रकाशित आफ्नो एक लेखमा केही अहम् सवालहरू उठाउनुभएको रहेछ । नेपाली काङ्ग्रेसका नेताहरूलाई आफ्ना लेखका बारेमा केही भन्न्ा आग्रह गर्नुभएका प्रदीप नेपालको आग्रहको जवाफ नेपाली काङ्ग्रेसका नेताहरूले दिएजस्तो लागेको छैन । कामको सिलसिलामा म सञ्चारमाध्यमको पहुँचभन्दा बाहिर भएको समयमा मेरा नेताहरूले यसबारेमा उल्लेख गरिदिनुभएका भए अझ राम्रो नै भयो । नेताहरूलाई जवाफको आग्रह गरिएकोमा कार्यकर्ताको हैसियतमा पनि केही भन्ने अधिकार दिइनेछ भन्ने आशामा यो धृष्टता गर्दै छु ।
प्रदीपजी मात्र होइन दुनियाँका नभने पनि नेपालका कम्युनिस्ट नेता र कार्यकर्ताहरूले बुझ्नैपर्ने एउटा विषय छ, त्यो हो- काङ्ग्रेसको समाजवादको परिभाषा र कम्युनिस्टहरूको परिभाषा फरक छ । कम्युनिस्टहरू पुँजीवादपछिको अर्को सङ्क्रमणकाल समाजवाद हो भन्ने गर्छन् । उनीहरूको दस्तावेजले पनि त्यही देखाउँछ । समाजवादमा योग्यताअनुसार काम र कामअनुसार माम, अर्थात् आवश्यकताको परिपूर्ति गर्ने भन्ने गरिन्छ । अर्कोतर्फ नेपाली काङ्ग्रेस र लोकतन्त्रमा विश्वास गर्ने विश्वका समाजवादीहरूको समाजवादको परिभाषा अर्कै किसिमको छ । लोकतान्त्रिक पक्षलाई आधार मान्नेहरूको लक्ष्य पनि समाजवाद हो र सुरुवात पनि समाजवाद हो । हामीहरूका लागि समाजवाद अहिले पनि आउन सक्दछ, पहिला पनि आउन सक्ने थियो । काङ्ग्रेसको समाजवाद भनेको समाज जुन अवस्थामा छ त्यो अवस्थाबाट समाजलाई विकास गर्नु र विकासको प्रतिफल सबै जनतालाई न्यायपूर्ण रूपमा दिनु हो । यसको जग वा न्यूनतम आधार भनेको आधारभूत आवश्यकताको परिपूर्ति सबै नागरिकको हुनुपर्छ भन्ने हो ।
पुँजीवादसम्मको बारेमा कम्युनिस्टहरूको र अन्य सबैको उत्पादनको सम्बन्धमा गरिएको व्याख्या समानजस्तै छन् भन्दा हुन्छ । वितरणको सम्बन्धमा समाजवादीहरूको र पुँजीवादीहरूको तथा साम्यवादीहरूको फरक धारणा छ । साम्यवादीहरूको व्यवहारले कम्युनिस्ट पार्टीलाई सहयोग नगर्ने सबै पुँजीपतिहरू श्ाोषक, सामन्त र अराष्ट्रिय आदिमा गनिन्छन् वा गनिने गरेका छन् । पुँजीवादीहरू प्ाुँजीपतिहरूलाई बढी सम्पत्ति थुपार्न दिँदा उनीहरूले त्यसलाई विकासमा लगाउँछन् भन्ने गर्दछन् । समाजवादीहरू आर्थिक रूपको पुँजीवादमा पनि वितरणको समाजवाद हुन्छ भन्ने विश्वास गर्दछन् । पहिलो आवश्यकता न्यूनतम आवश्यकता परिपूर्ति हो र मात्र उद्योग तथा उद्योगीको कुरा आउँछ भन्नेमा समाजवादीहरू प्रस्ट छन् । त्यसकारण साम्यवादीहरूको समाजवाद र समाजवादीहरूको समाजवादको चुरो फरक छ ।
खै त समाजवादीहरूलो त्यो समाजवाद दिएका ? भन्ने सवाल गरे पनि हुन्छ । वास्तवमा समाजवादीहरूले माथि उल्लेख गरेको समाज दिन सकेका छन् त ? छैनन् । युरोपका केही देशमा अपेक्षाकृत राम्रो भएको पाइन्छ । अन्य केही देशहरूमा पनि वितरण प्रणाली, बेरोजगार भत्ता, सामाजिक सुरक्षा, शिक्षा तथा स्वास्थ्यका सम्बन्धमा सुरक्षा आदि भएका छन् । ती समाजवादका अलिक राम्रा अवस्था हुन् । नेपालजस्ता देशहरूमा त्यसो हुन सकेको छैन । यो दु:खद् हो । त्यसैले जनतालाई मीठा भाषण दिनेहरूले गलत दिशामा लग्न सकेका पनि छन् । अर्को पाटो भनेको समाजवादीले मात्र होइन साम्यवादीले त झन् कहीँ पनि लक्ष्यअनुसारको काम गर्न सकेका छैनन् । नेता धनी र जनता पीडित छन् । नेपालमा त झनै जनताको हितको नाममा मानिस मार्नेसम्म र विकासका नक्सा नै हटाउने कार्य भएका छन् । समाजवादीहरूले नेपालमा पनि सकारात्मक कार्य धेरै हुनुपर्नेमा साह्रै थोरै गरेका छन् तर साम्यवादीहरूले त नकारात्मक कार्य नै गरेका छन् । यसबाट व्यावहारिकता बुझ्न सजिलो होला ।
साम्यवादीहरूको समाजवाद निर्माण अहिलेको परिप्रेक्षमा र प्रचण्ड र खनालको ७ बुँदे सहमति पनि ढाँटको कुरा होला । सबैजसो निष्पक्ष रूपमा हेर्नेहरूका लागि त्यो पूरा नहुने र सरकार हुँदै सत्ता कब्जा गरेर जनतालाई दु:ख दिने र नेताहरूले सञ्चारमाध्यम र सम्पत्ति मात्र होइन बन्दुक पनि आफ्नो कब्जामा लिएर समानता दिएको नारा लगाउने व्यवस्थाको परिकल्प्ाना उहाँहरूल्ो गर्नुभएको छ । त्यो पूरा नहुने भए पनि हो भन्ने भ्रम दिइएको छ । अहिलेका प्रधानमन्त्रीले माओवादीले सत्ता कब्जा गर्न चाहेकोबारेमा प्रतिक्रिया दिँदा सबै कम्युनिस्टहरूको लक्ष्य सत्ता कब्जा नै हो भनेका थिए । समाजवादउन्मुख समाजको पहिलो लक्ष्य जनताको हित होइन सत्ता कब्जा गर्ने बाटोमा अगाडि बढ्नु हो भन्ने अर्थमा काङ्ग्रेसको आपत्ति हो । ढाँटको कुरा भएर पनि सत्ता कब्जा गरेर जनतालाई दु:ख दिन सक्ने अवस्थाबाट सचेत गर्न काङ्ग्रेसलाई नसा बटारिन पनि पर्दैन र ज्वरो आउन पनि पर्दैन ।
म्ाहामानव बीपीले नेपालमा समाजवादको प्रवेश गराउनुभएको र विश्वमा नै समाजवादलाई अझ परिस्कार हुन सहयोग गर्नुभएको हो । तर, त्यो समाजवाद माथि उल्लेखित आर्थिक आधार र राजनीतिक रूपमा लोकतन्त्रको जगमा अडिएको हो भन्नेमा कसैलाई पनि भ्रम हुन हुँदैन । ढाँटका कुरा गरेर जनतालाई र देशलाई नै दु:ख दिने कार्य भयो भने जनताको पक्षमा सोच्ने सबैलाई चिन्ता हुन्छ र हुनुपर्छ । काङ्ग्रेसलाई समाजवादसँग कुनै पीडा हुँदैन बरु अरूलाई भन्दा बढी खुसी हुन्छ । यसको पनि कारण छ- समाजवादको नाममा लगाइने बन्धन । तर, लक्ष्य असफल हुने कार्यले हालिमुहाली गर्नुहुँदैन भन्नेमा त सजग हुनैपर्छ ।
कतिपय समाजमा समाजवाद अहिले पनि आइरहेको छ । साम्यवादीहरूको समाजवाद कहिले आउँछ या कहिल्यै पनि आउँदैन भन्नेबारेमा साम्यवादीहरूको कुरालाई आधिकारिक मान्नुपर्ने हो भने पनि समाजवादीहरूको समाजवादको उच्च्ा रूप नभए पनि हरेक विकासको कार्य र त्यसबाट जनताले पहिलाभन्दा बढी सुख पाउनु समाजवाद एक हदसम्म हुनु हो । हामी समाजवाद विकासको एक चरण मान्दैनौँ । हामी समाजवादीहरू समाजवाद भनेको समाजको विकासको क्रममा सकेसम्म बढी विकास र समानतालाई फ्युजन गरेर सुख र शान्ति भएको अवस्था हो भन्ने सिद्धान्तमा प्रस्ट छौँ ।
म्ााक्र्सदेखि प्रदीप नेपालसम्म सबैको क्षमता उच्च्ा होला, यसमा हामी गर्व गर्न सक्दछौँ, तर उनीहरू मानिस हुन् र मानिसको क्षमताको सीमितता हुन्छ । इन्द्रियहरूका क्षमताहरूका सीमितता हुन्छन् । ब्रह्माण्ड भने असीमित छ भन्ने पनि हामीलाई थाहा छ । हामी मानिस ठूला हुन सक्दछन् तर मानिसको सीमाभन्दा बाहिर जान सक्दैनन् भन्ने पनि सोच्दछौँ । समाजवादीहरू आफ्ना नेताहरूलाई भिन्नै धातुले बनेका भनेर दलाली गर्नभन्दा हामीहरूका नेताहरू पनि मानिस नै हुन् । उनीहरूबाट पनि गल्ती हुन सक्दछन् । त्यसैलो मानिसलाई गल्ती गर्नबाट रोक्ने र गरेमा सजाय हुने प्रणाली विकास हुनुपर्छ र भएका प्रणालीहरू सुरक्षित हुनुपर्छ भन्नेमा विश्वास गर्दछौँ । ती प्रणालीहरूमा बहुलवाद, बहुदलीय व्यवस्था, सबै शान्तिपूर्ण राजनीति गर्ने दलहरूको समान हैसियत र अशान्ति मच्च्ााउनेहरूलाई सजाय गर्ने प्रणाली आदिमा विश्वास गर्दछौँ ।
लोकतन्त्र मान्ने हो भने समाजवाद निर्माण ढाँटको कुरा हुन सक्दैन । ढिलो गर्नेहरूलो काम ढिलो गर्न सक्दछन् । जनता सचेत भए भने धेरै समस्या चाँडो सुल्झन्छ । लोकतन्त्रलाई एक दल र विचारको परिभाषामा रहने विषय हो भन्ने हो भने विभिन्न हत्कण्डाको आधारमा मान्नुपरेको समाजवाद र यसको निर्माण पूरै ढाँटको विषय बन्दछ । समाजवाद त के साम्यवाद पनि जनताको विकास, समानता र शान्तिका लागि माध्यम हुनुपर्छ, लक्ष्य होइन । साम्यवादको माध्यमको विकल्पमा जनहितको उच्चतम सोच दिने वातावरण पनि हुनुपर्छ । माध्यमको विकल्प हुन्छ । माक्र्सभन्दा उच्चतम समानताको सोच दिन सक्ने व्यक्ति प्रदीप नेपाल हुन नसक्ने कुनै कारण छैन र त्यो साम्यवादको दर्शन नभई अरू पनि हुन सक्दछ । के उही रोग निको पार्ने औषधि एउटै हुन्छ र –
नसक्ने कुनै कारण छैन र त्यो साम्यवादको दर्शन नभई अरू पनि हुन सक्दछ । के उही रोग निको पार्ने औषधि एउटै हुन्छ र ?