होप भ्याली र रातोबंगलाले प्रथम ओसिस कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । ढोलाहिटीस्थित आयोजक ओसिस इंग्लिस स्कुलको कोर्टमा भएको प्रतिस्पर्धात्मक ब्वाइज फाइनलमा होप भ्यालीले विल्सन एकेडेमीलाई ५३–५० को साँघुरो अन्तरले पराजित गरेको थियो । होप भ्यालीको जितमा सिजन महतले २२ अंक योगदान गरेका थिए ।
तेस्रो क्वार्टरको समाप्तिसम्म ३४–४२ ले पछि परेको स्थितिलाई उल्ट्याउँदै होप भ्याली उपाधि जित्न सफल भएको थियो । होप भ्याली पहिलो क्वार्टरमा १३–२० र दोस्रोमा १०–१६ ले पछाडि परेको थियो । तेस्रो क्वार्टरमा अग्रता लिएको होप भ्यालीले ११–६ को प्रदर्शन ग¥यो । अन्तिम तथा चौथो क्वार्टरमा १९–८ को अग्रता बनाउँदै होप भ्यालीले उपाधि सुनिश्चित ग¥यो ।
गल्र्सको थ्री अन थ्री उपाधि भिडन्तमा रातो बंगलाले एलआरआईलाई १५–४ ले हरायो । रातोबंगलाकी श्रेयाशी राणाले सर्वाधिक १० अंक जोडिन् । त्यस्तै आस्था रिजालले ४ तथा टिसा मानन्धरले १ अंक थपेका थिए । फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय सिजन र श्रेयाशी आ–आफ्नो विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए । ब्वाइजमा उपविजेता विल्सनका पेम्बा शेर्पा र गल्र्समा पनि उपविजेता एलआरआईकै सोनिया राणा प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बने । प्रतियोगिताभर पेम्बाले ९६ तथा सोनियाले १५ स्कोर गरेका थिए । ब्वाइजमा एरिस एकेडेमी र गल्र्समा ग्रामरले अनुशासित टिमको उपाधि हात पारेका थिए ।
विजेतालाई लेखक एवं समाजसेवी सुवर्णराम जोशी, ओसिसकी संस्थापिका जानुका लिम्बू र ओसिसकी भाइस प्रिन्सिपल युन्छो लिम्बूले पुरस्कृत गरका थिए । असोज १ गतेदेखि सुरु प्रतियोगिताको ब्वाइजमा १६ र गल्र्समा १२ गरी २८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।
प्रतिक्रिया