बेल्जियमको अपार्टमेन्टमा आगलागी, धेरै हताहत भएको आशङ्का

बेल्जियमको अपार्टमेन्टमा आगलागी, धेरै हताहत भएको आशङ्का


बेल्जियमको एन्टवर्प शहरस्थित एक अपार्टमेन्ट भवनमा आगलागी हुँदा धेरै जनाको मृत्यु भएको छ भने केही व्यक्ति घाइते भएका छन्।

एन्टवर्प प्रहरीले बुधबार (१ जुलाई) दिएको जानकारीअनुसार लिङ्करोभर क्षेत्रमा रहेको १० तले अपार्टमेन्ट भवनको आठौँ तल्लाबाट आगलागी सुरु भएको थियो । उक्त भवनमा दुई सयभन्दा बढी मानिस बस्दै आएका थिए।

प्रहरीका अनुसार आगलागीपछि भवन खाली गर्ने काम भइरहेको छ । आगोबाट निस्किएको बाक्लो धुवाँका कारण आसपासका बासिन्दालाई झ्याल तथा ढोका बन्द राख्न र आवश्यक परेमा भेन्टिलेसन प्रणाली बन्द गर्न आग्रह गरिएको छ।

आगलागीको तीव्रता र फैलावटका कारण अग्निनियन्त्रकलाई नियन्त्रणमा लिन कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । विशेष ड्रोन टोलीसहित अग्निनियन्त्रक र प्रहरीका विभिन्न टोली घटनास्थलमा परिचालन गरिएको छ ।

आगलागीको कारण र मृतक तथा घाइतेको यकिन विवरण भने तत्काल सार्वजनिक गरिएको छैन ।