साहित्यकार सिग्देललाई ‘आदिकवि भानुभक्त पुरस्कार’

साहित्यकार सिग्देललाई ‘आदिकवि भानुभक्त पुरस्कार’


नेपाली शिक्षा परिषद्ले यस वर्षको ‘आदिकवि भानुभक्त पुरस्कार’ साहित्यकार भुवनहरि सिग्देललाई प्रदान गर्ने निर्णय गरेको छ । पुरस्कारका साथ नगद राशि एक लाख २५ हजार प्रदान गरिने पनि परिषद्ले जनाएको छ ।

परिषद् अध्यक्ष रमा शर्माको सभापतित्वमा बसेकोे प्रबन्ध समिति बैठकले उक्त निर्णय गरेको हो ।

परिषद्ले राष्ट्रिय विभूति आदिकवि भानुभक्तको २१३औँ जयन्ती यही असार २९ गते भानु मा.वि.रानीपोखरी अगाडि स्थापित भानुभक्तको प्रतिमामा माल्यार्पण तथा अपराह्न लेखनाथ साहित्य सदन, सोह्रखुट्टे, काठमाडौंमा आदिकवि भानुभक्त पुरस्कार समर्पण गरिने जनाएको छ ।

परिषद्बाट ‘आदिकवि भानुभक्त पुरस्कार’ २०५२ सालदेखि हरेक वर्ष भानु जयन्तीका दिन प्रदान गरिँदै आएको छ ।