प्रदेश सातको नाम सुदूरपश्चिम र राजधानी गोदावरी राख्न सुझाव

प्रदेश सातको नाम सुदूरपश्चिम र राजधानी गोदावरी राख्न सुझाव


प्रदेश नम्बर ७ को स्थायी राजधानी र नामांकनका लागि गठित सांसद तारा लामा तामाङको नेतृत्वको संसदीय विशेष सुझाव समितिले आफ्नो प्रतिवेदन प्रदेश सभामा पेस गरेको छ । समितिले पेस गरेको प्रतिवेदनमा प्रदेश ७ को नाम ‘सुदूरपश्चिम’ राख्न सिफारिस गरिएको छ ।

यसैगरी समितिले प्रदेश सभामा पेस गरेको प्रतिवेदनमा प्रदेश ७ को राजधानी कैलालीको गोदावरी नगरपालिकालाई तोक्न सिफारिस गरेको छ ।

प्रदेश सभा ७ ले प्रदेशको नाम र राजधानी तोक्न नेकपाका सांसद तारा तामाङ लामाको अध्यक्षतामा गठन गरेको ५ सदस्यीय समितिले नेपाली सेनाको ब्यारेक पनि प्रदेश राजधानी गोदावरी नगरपालिका आसपासमा राख्न सिफारिस गरेको छ ।