सरकारको निर्णयविरुद्ध अनेरास्ववियु सडकमा

सरकारको निर्णयविरुद्ध अनेरास्ववियु सडकमा


सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भ्रातृ संस्था अनेरास्ववियु सरकारको निर्णयविरुद्ध सडकमा ओर्लिएको छ ।

आज (मंगलबार) राजधानीको चाबहिलमा अनेरास्ववियुले यातायातमा सरकारले गरेको १० प्रतिशत भाडा वृद्धिको निर्णयम असन्तुष्टि जनाउँदै प्रदर्शन गरेको हो ।

प्रदर्शनमार्फत सरकारलाई उक्त निर्णय तत्काल फिर्ता लिन दबाब दिएको छ । नेपालीहरूको महान् पर्व दशैँको मुखमा गरेको भाडावृद्धि जनभावनाविपरीत भएको भन्दै सो निर्णय तत्काल फिर्ता गराउन आन्दोलन सुरु गरेको प्रदर्शनकारीले जनाएका छन् ।

उनीहरूले दुईतिहाइको सरकारलाई जनताको चाहनाविपरीतका काम पनि सचेत गराउँदै यातायातमा बढाइको १० प्रतिशत भाडा फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका थिए ।